रेडक्रसद्धारा गाउँपालिकालाई स्वास्थ्य सम्वन्धि औजार तथा उपकरण हस्तान्तरण ।।

कालिकोट ः
सान्नी त्रिवेणी गाउँपालिकाको साझेदारीमा नेपाल रेडक्रस सोसाइटीले सान्नी त्रिवेणी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक पर्ने औजार तथा उपकरणहरु आज एक कार्यक्रमका विच गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । सान्नी त्रिवेणी गाउँपालिकाको समन्वय तथा सहकार्य र नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालय सुर्खेतको सहयोगमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य तथा खानेपानी,सरसफाइ, स्वच्छताका लागि सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल कार्यक्रम अन्तर्गत सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सजताका लागि उक्त स्वास्थ्य सामाग्री सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी कालिकोटका जिल्ला कार्यक्रम अधिकृत भरत हमालले बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकामा भएका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुको अवस्था विश्लेषण गरि उपकरण तथा औजारहरु सहयोग गरिएको हो ।

उक्त स्वास्थ्य संस्थामा थप केहि उपकरण र औजारहरु भएमा स्वास्थ्य सेवाको गुणस्तर बृद्धि गर्न सहयोग पुग्ने देखिएकाले गाउँपालिकासँग छलफल गरि कुन स्वास्थ्य संस्थाहरुमा के उपकरण तथा औजारहरु आवश्यक छ पहिचान गरि हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदीले बताउनु भयो । उहाँले यो समानलाक्ष्ई सहि तरिकाले सदुपयोगमा ल्याउन र सदुपयोगमा आए नआएको गाउँपालिकाले अनुगमन गरिदिन समेत आग्रह गर्नुभयो ।

नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुगाउन र सामान्य चेकजाँच तथा उपचारका वाहिर जान नपरोस भनेर यो सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाई छ । नेपाल रेडक्रस सोसाइटी सँग स्वास्थ्य खानेपानीका क्षेत्रमा पञ्चवर्षिय रणनिति योजना बनाउने तयारी गरेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । स्वास्थ्य सेवाका लागि गाउँपालिका सँग साझेदारी गरेर यहाँको वास्तविक समस्यालार्य पहिचान गरि यति ठूलो परिमाणको औजार तथा उपकरण ल्याएको प्रति रेडक्रसलाई धन्यवाद दिदै अध्यक्ष केसीले आगामि दिनमा पनि यसरी नै सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

प्राप्त भएको स्वास्थ्य सामाग्री प्रतेक स्वास्थ्य संस्थामा पठाउने र यसको सहि तरिकाले सदुपयोग गरि नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उहाँले बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाको १ लाख ६७ हजार र रेडक्रसको ७ लाख १८ हजार गरेर जम्मा ८ लाख ८५ हजारको सामाग्री सहयोग गरिएको छ । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष, रेडक्रसका प्रदेस कमिटि र जिल्ला कमिटिका पदाधिकारी कर्मचारी वडा अध्यक्ष लेखा अधिकृत लगायत स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array