कालिकोट ः
सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ५ का कृषकहरुलाई फलफुलका विरुवा वितरण गरिएको छ । आर्थिक वर्ष २०७९।०८९ को कार्यक्रम एक घर एक कृषि कार्यक्रम अन्तर्गत आज कृषकहरुलाई फलफुलका विरुवा वितरण गरिएको हो ।
सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ५ को भुगोल मौसम अनुसार त्यहाँ उत्पादन हुने फलफुलका विरुवा वितरण गरिएको हो । परम्परागत कृषि पेशालाई आधुनिकिकरण गर्दै व्यवसायिक बनाउनका लागि र कृषकहरुको आय स्तर बृद्धि गर्नका लागि कृषकहरुलाई फलफुलका विरुवा वितरण गरिएको वडा नं. ५ का वडा अध्यक्ष रामराज बमले जानकारी दिनुभयो ।
वडा नं. ५ का विभिन्न कृषक समुहका कृषकहरुलाई कागती र सुन्तलाका विरुवा सँगै अन्य कृषि सामाग्री औजारहरु वितरण गरिएको हो । वडा नं. ५ को माटो र भुगोल अनुसार त्यस क्षेत्रमा सुन्तला र कागती खेति बढि लाभदायिक देखिएको र सुन्तला र कागतीका लागि माटो पनि सुहाउँदो भएको हुँदा आज कृषकहरुलाई उक्त फलफुलका विरुवा वितरण गरिएको हो ।
फलफुल खेति वाट कृषकहरुले मनग्य आम्दानि गर्न सक्ने र यसवाट उचित लाभ पनि लिन सक्ने वडा अध्यक्ष बमले बताउनु भयो । त्यसका लागि वडा कार्यालय पालिकाले विरुवा वितरण गरेको विरुवाको रेखदेख विरुवा हुर्काउने र त्यसको संरक्षण गर्ने जिम्मा कृषकहरुको रहेको बताउनु भयो ।





