कालिकोट।
श्रमको सम्मान राष्ट्रिय अभियान भन्ने मुल नाराका साथ रोजगार रणनितिक योजना तर्जुमा सम्बन्धि सुझाब संकलन कार्यशाला सम्पन्न भएको छ । सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा प्रधानमन्त्रि रोजगार शाखाले रोजगार रणनितिक योजना बनाउने विषयमा गोष्ठी संचालन गरेको हो ।
गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिको अध्यक्षतामा संचालन भएको कार्यशालामा ९ वटै वडाका वडा अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत बिषयगत शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो । अबको पाँच वर्षमा यहाँका नागरिकहरुलाई कसरी रोजगारि दिन सकिन्छ , र रोजगारिमा कसरी क्रान्ति लयाउने भन्ने विषयमा सुझाब संकलन गरिएको हो ।
यहाँको भौगोलिल अबस्थालाई हेर्दै यहाँको भुगोल अनुसार यहाँका नागरिकहरुलाई कुन कुन क्षेत्रवाट रोजगारि सिर्जना सकिन्छ भन्ने विषयमा सवैले आ आफ्नो धारणा राखेका थिए । देशमा रोजगारि नपायर लाखौ यूवा विदेसिने क्रम नरोकिएको अबस्थामा सान्नी त्रिवेणी गाउँपालिकाले यहाँका वेरोजगार यूवालाई यसै गाउँपालिकामा रोजगारि सिर्जना गर्नका लागि आगामि ५ वर्षम के गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिएको हो ।
कृषि उत्पादनमा ३ महिना पनि खान नपुग्ने परिवार, बसोबासका लागि आफ्नो घर नभएको गरिब विपन्न परिवारलाई रोजगारिका लागि पहिलो प्राथमिकता दिनु पर्ने हुन्छ । प्रधानमन्त्रि रोजगारका योजनाहरु अब उत्पादन र रोजगारि मुखि छनौट गर्नु पर्ने गाउँपालिका अध्यक्ष मोहन केसिले बताउनु भयो । आज वनायका रणनितिक योजनाको आधारमा आगामि आर्थिक वर्षमा योजनाहरु छनौट गर्नु पर्ने र त्यसको सहि तरिकाले कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।





