कालिकोट
सान्नी त्रिवेणी गाउँपालिकाको विकास र सृमद्धिका लागि नेपाली काग्रेंसका यूवा नेता नरेश बमले रचनात्मक सुझाव दिनु भएको छ । सान्नी त्रिवेणी गाउँपालिकाले आगामि आर्थिक वर्षको निति कार्यक्रम तथा वजेटका विषयमा छलफल गरिरहेका वेला सुझाव कर्ता नेपाली कांग्रेस जिल्ला कार्यसमिति कार्य सम्पादन समितिका सदस्य नरेश बमको नेतृत्वमा आज पालिकामा पुगेर गाउँपालिका अधयक्ष मोहन बहादुर केसी, उपाध्यक्ष पार्वति शिंह संज्याल, प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहीलाई सुझाव दिनु भएको हो ।
उहाँले दिएको सुझावमा सान्नी त्रिवेणी गाउँपालिकामा दरवन्दीमा रहेका सम्पुर्ण कार्यालय सहयोगीलाई स्थानिय सेवा आयोग गठन गरि स्थायी गर्नु पर्ने, व्याप्त व्यरोजगारी र स्थानिय उत्पादनलाई सदुपयोग गर्न साविकको मुम्रा गाविसमा मकैको चिउरा उधोग र सोहि स्थानमा सुगर रहित मकैको पिठो पानि घट्ट मार्फत उत्पादन गरि बजारीकरण गर्नु पर्ने, स्थानिय सरकारलाई चुस्त दुरुस्त प्रविधिवाट संचालन गर्नका लागि व्याप्त जनशक्ति अप्राप्त भएको महशुस गरेको खण्डमा स्थानिय योजना आयोग गठन गरि दिगो विकासको लक्ष्य बनाउनु पर्ने सुझाव दिनुभएको छ ।
यस्तै सान्नी त्रिवेणी गाउँपालिकामा स शुल्क नुन डिपो संचालन, पालिका भित्रको बढ्दो गरिबि र स्वास्थ्य अवस्थालाई मध्यनजर गरि एम्बुलेन्स सेवालाई प्रदेशभित्र निशुल्क र प्रभावकारी बनाउनु पर्ने , स्थानिय तहको पहिचान खेल र खेलाडिले गर्ने भएको हुँदा कम्तीमा पनि कुल वजटेको ५ प्रतिशत खेल क्षेत्रलाई छुट्याउनु पर्ने र सेवा आयोगका तयारी कक्षा संचालन गर्नु पर्ने, पालिका भित्र रहेका विद्यालयहरुमा वातावरण अनुकुल सिक्दै सिकाउदै शिक्षा लागु गर्नु पर्ने, कार्यपालिका बैठकलाई लाईभ गर्नु पर्ने नभए कार्यपालिका बैठकका निर्णय सुचना पाटीमा टास गर्नु पर्ने सुझाव दिनु भयो ।
सुझाव लिदै गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि निर्वाचित जनप्रतिनिधिले मात्र गर्न नसक्ने भएको हुँदा यसमा सवैले ऐकेबद्धता जनाउनु पर्ने बताउनु भयो । उहाँले पालिका सरकारलाई यसरी सुझाव दिन आग्रह गर्दै वजेटले भ्याए सम्म आगामि आर्थिक वर्षको वजेट र निति कार्यक्रममा यी कुराहरुलाई समेटेर लैजाने समेत बताउनु भएको छ ।





