विद्यालयको भौैतिक संरचना जिर्ण, विद्यार्थि चिसो भुईमा ।।

कालिकोट ।

शिक्षाको पहिलो जग, विद्यार्थिको भविस्य निर्माण गर्ने जग हो आधारभुत तह । तर आधारभुत तह नै व्यवस्थित हुन सकेका छैनन् । भौतिक संरचना देखि खेलमैदान र वालमैत्रि भौतिक संरचना अप्राप्त छ । आधारभुत तहमा नै विद्यार्थिका लागि राम्रो वस्ने ब्यबस्था र सौचालय छैन । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ मा रहेको सगरमाथा आधारभुत विद्ययालयको अवस्था पनि यस्तै छ ।

स्थानिय सरकार आएको ६ वर्ष वितिसक्दा पनि सगरमाथा आधारभुत विद्यालयको अवस्था परिवर्तन भएको छैन । स्थानिय सरकारले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ । तर विद्यालयकोे अवस्था भने दिन प्रतिदिन नाजुक बन्दै गएको छ । सगरमाथा आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थिहरु चिसोे भुईमा वसेर पढ्न वाध्य छन ।

विद्यालयको भौतिक संरचना जिर्ण रहेको र कक्षा कोठामा पि फर्म र कार्पेट नहुँदा विद्यार्थिहरु चिसो भुँईमा बसेर अध्ययन गरिरहेका छन । विद्यालयको अवस्था भैसी गोठ जस्तै रहेको विद्यालयका प्रधानाध्यापक निल बहादुर केसीले बताउनु भयो । उक्त विद्यालयमा कक्षा इसीडी देखि ३ सम्म पठन पाठन हुने विद्ययालमा ८० भन्दा बढि विद्यार्थि अध्ययन गर्छन ।

विद्यालयको छानो पनि पुरानो भईसकेको र पानि पर्दा चुहिने गर्छ । विद्यालयका प्रह केसीले भन्नुभयो, घाम लागेको दिनमा त जसो तसो गरेर पढाईन्छ । पानी परेको दिनमा भने कक्षा कोठामा बसाल्न निकै समस्या हुने गरेको छ । कक्षा कोठामा ढुसी परेर सेताम्मे भएको छ । विद्यार्थिलाई कक्षा कोठामा वसाल्दा सीतले विरमी हुन्छन की भन्ने चिन्ता बढेको केसीले बताउनु भयो ।

विद्यालयको जिर्ण भौतिक संरचना निर्माणका लागि र कक्षा कोठाको ब्यवस्थापनका लागि स्थानिय सरकार सँग वारम्वार माग गरेपनि कुनै चासो नदिएको उहाँले बताउनु भयो । विद्यालयको अवस्था हेर्ने हो भन्ने दयनिय छ । स्थानिय सरकारले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको भन्छ तर कहाँ दिएको छ उहाँले प्रश्न गर्नु भयो ।

स्थानिय तहको निर्वाचन २ पटक भएर २ पटक जनप्रतिनिधि फेरीयपनि विद्यालयको अवस्था फेरीन सकेको छैन । राजनितिक दल देखि सरोकारवाला निकायले समेत शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने भनेर ठूलो ठूलो भाषण गर्छन । तर ग्रामिण क्षेत्रमा रहेका विद्यालयको अवस्था हेर्दा यहाँ राजनिति के का लागि गरिन्छ भन्ने प्रश्न उठ्न । कालिकोट जिल्लावाट प्रदेस र केन्द्रमा नेतत्व गर्ने माननिय छन । तर शिक्षा क्षेत्रको अवस्था भने नाजुक बन्दै गएको छ ।

अलि धनि र हुने खानेका छोराछोरी सहर वजारका निजि विद्यालयमा अध्ययन गर्छन । गरिव विपन्न वर्गका विद्यार्थि गाउँमै सामुदायिक विद्यालयमा अध्ययन गर्छन । सामुदायिक विद्यालयको यस्तो अवस्थाले यो देशको शिक्षा प्रणाली कस्तो बन्दैछ ? शिक्षा क्षेत्रको लगानि कहाँ जान्छ ? अभिभावक गुनासो गर्छन ।

अघिल्लो अर्थिक वर्षमा विद्यालयको फिल्ड निर्माणका लागि वडा कार्यालयवाट केही रकम छुट्याएको वडा अध्यक्ष नरपति तिरुवाले बताउनु भयो । उहाँले विद्यालयको अवस्था धेरै नाजुक रहेको र आफुले पनि प्रत्यक्ष देखिरहेको बताउनु भयो । वडा कार्यालयमा आउने वजेटले विद्यालयको भवन निर्र्माण गर्न नसकिने बताउदै यो आर्थिक वर्षमा प्रदेश सरकारवाट वजेटको ब्यवस्थापन गरिने बताउनु भएको छ ।

भवन निर्माणका लागि प्रदेस र केन्द्रीय सरकारसँग वारम्वार पहल गरेपनि चासो नदिएको उहाँले बताउनु भयो । अझै पनि प्रदेस सरकारसँग भवन निर्माणका लागि पहल गरिरहेको र यो आर्थिक वर्षमा भवनका लागि प्रदेसले वजेटको ब्यवस्थापन गर्ने आश्वासन पाएको तिरुवाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array