कालिकोट ः
नेकपा माओवादी केन्द्रले भोलीवाट देशभरी ३ महिने पार्टी रुपान्तरण अभियान संचालन गर्दै छ । पार्टी रुपान्तरण अभियान अन्तर्गत आज सान्नी त्रिवेणी गाउँपालिकामा भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको विस्तारीत बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागिहरुले जनस्तरमा भन्दा पनि माओवादी केन्द्रका नेताहरु रुपान्तरण हुन पर्ने सुझाव दिएका छन ।
नेकपा माओवादी केन्द्र पहिलेको जस्तो पार्टी नरहेको र पार्टी रुपान्तरण अभियान संचालन आजको आवश्यक रहेको बताएका छन । पार्टी रुपान्तरण अभियान जनस्तरमा ल्याउनु उचित भएपनि नेताहरु रुपान्तरण नभएसम्म पार्टी रुपान्तरण नहुने उपस्थित सहभागिले बताएका छन ।
पहिलेको माओवादी केन्द्र पार्टी र अहिलेको माओवादी केन्द्र पार्टी विच आकास पातलको फरक छ । हिजो कुनै पनि गल्ती गर्ने नेता कार्यकर्ताहरुलाई दण्ड दिईन्थ्यो, तर अहिले त्यो दण्ड दिने चलन हराएको र भित्र भित्रै प्रोत्साहन दिने गरेको हुँदा पार्टी पहिलेको भन्दा अहिले खुम्चीन पुगेको उनिहरुले बताएका हुन ।
गल्ती गर्ने जो कोहि नेता कार्यकर्ताहरुलाई कार्वाही गर्नु पर्ने वडा नं. ४ का वडा कमिटि अध्यक्ष केसव राज शाहीले बताउनु भयो । जनस्तरमा माओवादी प्रतिको आशा जनतामा उस्तै रहेको र रुपान्तरण गर्नु पर्ने आवश्यक नरहेको तर जिल्ला र प्रदेस कमिटिमा रहेका नेताहरु भने रुपान्तरण हुनु पर्ने शाहीले बताउनु भयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका नेता महेस केसीले रुपान्तरण पहिलृ आफु हुनु पर्ने र आफुवाट नै रुपान्तरणको सुरुवात गर्नु पर्ने बताउनु भयो । उहाँले सान्नी त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रको बर्चश्व रहेपनि नेता र कार्यकर्ताहरु रुपान्तरण नहुँदा पार्टीका नियमित कामहरु गर्न र जनस्तरमा बुझाउन मुस्कील भएको बताउनु भयो ।
उहाँले यो ३ महिने रुपान्तरण अभियानले माओवादी केन्द्रमा ठूलो परिवर्तन ल्याउने र यसले थुप्रै मन मुटाव तथा जनता प्रति परेको विभिन्न भ्रमहरुको अन्त्य हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दैे माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अभियानका सान्नी त्रिवेणी गाउँपालिकाका ईन्चार्ज लक्ष्मि चौलागाईले जनताहरुका वास्तविक समस्या बुझ्नका लागि यो रुपान्तरण अभियान संचालन गरिएको बताउनु भयो । उहाँले स्थानिय देखि प्रदेश र केन्द्र सम्म माओवादी केन्द्रको सरकार हुँदा पनि जनताका आधारभुत आवश्यक पुरा गर्न सक्दैन भन्ने विभिन्न भ्रमहरु फैलाएको भन्दै यो भ्रमलाई मेट्नका लागि प्रतेक नागरिकहरुको घरघरमा गएर उनिहरुसँग प्रत्यक्ष रुपमा भेटघाट गर्ने अभियान रहेको चौलागाईले बताउनु भयो ।





