खुल्ला प्रतिस्पर्धावाट प्रधानाध्यापक छनौट ।।

कालिकोट

जिल्लाको सान्नि त्रिवेणी गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक बिद्यालयको प्रधानाध्यापक छनौट गरेको छ । सामुदायिक विद्यालयको शिक्षण सिकाइ गुणस्तरीय बनाउन सान्नी त्रिवेणी गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छान्ने विधि प्रयोगमा ल्याएको हो । गाउँपालिकाले पहिलो पटक खुल्ला प्रतिस्पर्धावाट प्रधानाध्यापक छनौट गर्ने निति लिएको हो । सान्नित्रिबेणी गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको छ ।

खस्किँदै गएको शैक्षिक गुणस्तर र सामुदायीक बिद्यालयको ब्यवस्थापनका लागि पालिकाले योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरेको हो । यसरी प्रधानाध्यापक चयन गरेपछि सामुदायीक बिद्यालयको सिकाई उपलबब्धी र सामुदायीक बिद्यालयको ब्यवस्थापनमा सुधार आउने सान्नि त्रिबेणी गाउपालिका शिक्षा साखा प्रमुख मोहनबिर धामिले बताउनु भयो ।

शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाई ले प्रधानाध्यापक चयन गर्ने व्यवस्था भए पनि सान्नित्रिबेणी गाउपालिकाले स्थानिय सरकारको शिक्षा ऐन बनाएर कार्यपालिकामा पास गरे पछि बिद्यालय शिक्षा सुधार गर्ने प्रमुख बिकल्प प्रशासन रहेको भन्दै बिद्यालय प्रशासनको सुधारका लागि प्रधानाध्यापक परीक्षा प्रणालीवाट चयन गर्ने नीति लिएको गाउपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो ।

खुला परिक्षा प्रणालिबाट छनोट गरीएका प्रधनाध्यापकलाई कामकाजमा खटाए पछि बाकिरहेका बिद्यालयमा पनि दशैलगतै खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गरिने गाउपालिकाले जनाएको छ । सरकारले छुट्टै कार्यविधि बनाई स्थानीय तहमार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ । प्रधानाध्यापकका लागि योग्यता, अनुभव, विद्यालय विकास प्रस्ताव , लिखित र मौखिक लगायतलाई आधार मानेर जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुखको सहभागितामा परीक्षा लिएको हो ।

पालिका भरका माबि र आधारभुत गरि ३० बिद्यालयमा प्रअ खुला प्रतिस्पर्दावाट चयन हुने जनाईएको छ । पहिलो चरणमा भएको बिज्ञापनमा माध्यामिक र आधारभुत विद्यालयका लागि ३४ जनाले परिक्षामा आबेदन दिएको भए पनि २७ जना मात्र सामेल भएकोमा ५ जना माबि र ६ जना आधारभुत तहमा सफल भएका छन । सान्नित्रिबेणी गाउपालिकाले लिएको प्रधानाध्यापक छनोट परीक्षा अहिले सम्मकै बिश्वसनिय र खुला देखिएको छ । यस अघि विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक नियुक्त गर्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array