सान्नी त्रिवेणी गाउँपालिकामा स्थानीय शिक्षा समुह गठन ।।

कालिकोट;

कलिकोटको सान्नी त्रिवेणी गाउँपालिकामा स्थानीय शिक्षा समूह गठन भएको छ । सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालको संयोजकत्वमा १५ सदस्यीय पालिका स्तरीय शिक्षा समूह गठन गरिएको हो ।

सान्नी त्रिवेणी गाउँपालिकामा पहिलो पटक कानुन कार्यविधि अनुसार पालिका उपाध्यक्षको संयोजकत्वमा स्थानीय शिक्षा समूह गठन भएको गाउँपालिकाले जनाएको छ ।

बिहीबार एक अभिमूखिकरण कार्यक्रमको आयोजना गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समूह (गठन तथा सञ्चालन) निर्देशिका २०८० अनुसार युनिसेफ नेपालको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक नेपाल) को सहजिकरण तथा सान्नी त्रिवेणी गाउँपालिकाको सहजिकरणमा स्थानीय शिक्षा समूह पुर्नगठन गरिएको हो । जसको सदस्यमा प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाही, स्वास्थ्य शाखा प्रमुख मिन बहादुर विष्ट, सदस्य सचिवमा शिक्षा शाखा प्रमुख मोहनविर धामी विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, विव्यस अध्यक्ष प्रधानाध्यापक लगायतका रहेका छन् ।

यस समूहले शिक्षा क्षेत्रको विपद् जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । विद्यालय सुरक्षा कार्यान्वयन, विद्यालयको क्षमता विकास, शिक्षा प्रणाली सुदृढीकरण, जोखिम व्यवस्थापन लगायत जोखिम न्यूनीकरण क्षमता विकास शिक्षासम्बन्धी कार्यहरू गर्ने उद्देश्यले शिक्षा समूह गठन गरिएको हो ।

यस्तै कार्याक्रममा बोल्दै सान्नी त्रिवेणी गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष नहकुल संज्यालले स्थानीय तह शिक्षा समूहमा आवद्ध भएका सदस्यहरूले शिक्षा क्षेत्रको विपद्काका क्षेत्र र शिक्षाको विकास क्षेत्रमा समन्वयकारी भूमिकामा रहेर काम गर्न आग्रह गर्नुभयो । उहाँले एक जनाले चाहेर सोचर नहुने भन्दै सबैले एक आपसमा हातेमालो गरि बढ्नु पर्ने बताउनु भयो । उहाँले शिक्षा क्षेत्रको विपद् जोखिम न्यूनिकरणमा सहयोगी संस्थाहरूको सहयोगमा शिक्षा समूहको सहयोगमा गाउँपालिकाले हातेमालो गर्दै जाने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array