कालिकोट ः सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिसँग जोडिएको रकु देखि पालिका सम्मको सडकको ट्रयाक खोल्नका लागि संघीय सरकारले ७ करोड वजेट विनियोजन गरेको छ । जेठ १५ गते संघिय सरकारले वजेट प्रश्तुत गर्दै सान्नी त्रिवेणी गाउँपालिकाको लुइयाटा खोला देखि रकु सम्म जोड्ने सडकका लागि ७ करोड वजेट विनियोजन गरेको हो । २०७९ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले रकु देखि पालिका सम्म सडक संजाल जोड्ने पहिलो निर्णय गरेका थिए । उक्त निर्णयले अव सार्थकता पाउने भएको छ । स्थानिय सरकारले पालिका देखि मुम्रा सम्मको सडक ट्याक खोलेपनि रकु देखि पालिका सम्मको सडक ट्रयाक खोल्न सकेको थिएन ।
स्थानिय सरकारसँग प्राप्त वजेट नभएको र उक्त सडक खण्डमा ठूलो चट्टान भएका कारण वजेट अपुग हुँदा निर्वाचित भएको ३ वर्षमा उक्त सडक खोल्न नसकेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । प्रतेक वर्ष केन्द्र र प्रदेश सरकारसँग वजेटका लागि माग गरेपनि वजेट नआउँदा सडक खोल्न ढिलाई भएको उहाँको भनाई छ । अहिले हाम्रो मागलाई केन्द्रीय सरकारले सुनेको छ ।
नयाँ आर्थिक वर्षको वजेटमा गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको लुयाँटा खोला देखि रकु सम्मको सडक ट्रयाक खोल्नका लागि ७ करोड वजेट विनियोजन गरेको छ । उहाँले भन्नुभयो, केन्द्रीय सरकारको ७ करोड र स्थानिय सरकारको १ करोड ४० लाख गरेर ८ करोड ४० लाखमा उक्त सडक खोल्ने उहाँले बताउनु भयो । मुख्य सडकका लागि वजेट प्राप्त भएको छ । अव त्यसलाई समयमै कार्यान्वयनमा लगेर निर्माण कार्य अगाडि बढाउने केसीले बताउनु भयो ।
अवको एक वर्षमा रकु देखि मुम्रा सम्म छोटो दुरीमै यातायातका साधन संचालन गरेर यहाँका नागरिकहरुलाई सेवा प्रदान गरिने गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । यो सडक खोल्नका लागि विगतमा पनि थुप्रै प्रयास भएका हुन । मेहनतको फल अहिले प्राप्त भएको उहाँले बताउनु भयो ।
रकु देखि मुम्रा सम्म सडक जोड्ने हाम्रो पहिलो लक्ष्यलाई सफल पार्नका लागि लुयाँटा खोलादेखि रकु सम्मको वाँकी सडक ट्याक खोल्न केन्द्रीय सरकारले विनियोजन गरेको यो वजेट सान्नी त्रिवेणी गाउँपालिकाका नागरिकहरुका लागि ऐतिहासीक भएको गाउँपालिका प्रबक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष रंगलाल देवकोटाले बताउनु भयो । यस्तै लालु लैफु सडक खण्ड अन्तर्गत गैराखाडा देखि पालिका सम्म ७ करोड वजेट आई काम धमाधम भईरहेको छ ।
यो सँगै मुम्रालाई पनि लालु लैफु सडकमा जोड्नका लागि १ करोड वजेटमा गैराखाडा देखि मुम्रा सम्मको सडक स्तरउन्नतीको काम भईरहेको र यी दुवै काम असार मसान्तमा निर्माण कार्य सम्पन्न हुने गरि निर्माण कम्पनिले काम गरिरहेको गाउँपालिका अध्यक्ष केसीले बताउनु भयो ।