नरहरीनाथ गाउँपालिका ६ माल्कोटमा एक घरमा आगलागी भएको छ । शनिबार बेलुकी माल्कोट राताखालका रमाने विश्वकर्माको घरमा आगलागी भएको हो । आगलागि वाट विश्वकर्माको ८ जनाको परिवारको बिचल्ली भएको छ । नाबालक छोराले लाइटर बाल्दा कपडा सल्किएर भएको आगलागीमा लत्ताकपडा, अन्नपात, नगदसहित जलेपछि परिवारको बिचल्ली भएको हो ।
ुलत्ताकपडा सल्किएर सुरु भएको आगो निभाउन सकिएन,ु ५३ वर्षीय विश्वकर्माले गुनासो पोख्नुभयो, ८ जनाको परिवार भोकै अर्काको गोठमा सुत्यौं । भारत गएर ज्याला मजदुरी गरेर जोडेको सबै सम्पत्ति खरानी भयो ।
स्थानीयले नजिकको धाराबाट पानी बोकेर आगो निभाउने प्रयास गरे पनि निभाउन नसकिएको र पुर्ण रुपमा जलेर नष्ट भएको नरहरिनाथ गाउँपालिका ६ का वडाध्यक्ष पौराम विश्वकर्माले बताउनु भयो ।
आगलागीले टिनको बाकसमा राखेको २० हजार नगद, पत्नीको गहना र १३ वटा मौरीको घार पनि जलेको विश्वकर्माले बताउनु भयो । आगलागीमा घरसहित १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले मुचुल्का उठाएको छ ।





