कालिकाेटका स्थानिय तहकाे वेरूजु २ अर्व ९९ कराेड नाघ्यो ।।

कालीकोट जिल्लाका स्थानीय तहको बेरुजु एकपछि अर्को गरेर थप हुँदै आएको छ । बेरुजु रकम घट्दै जानुको सट्टा कालीकोटका स्थानीय तहमा झन थपिँदै आएको हो । कालीकोटका नौ स्थानीय तहको बेरुजु रकम हाल सम्म दुई अर्ब ९९ करोड ५२ लाख ८ हजार ४७२ रुपियाँ पुगेको छ ।

यो वर्षको बेरुजु सबैभन्दा बढी खाँडाचक्र नगरपालिकाको रहेको छ । खाँडाचक्र नगरपालिकाको बेरुजु रकम आर्थिक वर्ष २०८०।२०८१ को पाँच करोड ३३ लाख ७१ हजार २९९ रहेको छ । खाँडाचक्रको जम्मा बेरुजु २७ करोड १२ लाख ५८ हजार ३१७ रुपियाँ रहेको छ ।

त्यसपछि दोस्रो स्थानमा महावै गाउँपालिका रहेको छ । महावै गाउँपालिकाको ३ करोड ८७ लाख ९४ हजार ४७८ रुपियाँ बेरुजु छ । महावैको जम्मा बेरुजु २३ करोड ४९ लाख १५ हजार ४ सय ७८ रुपैयाँ छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजुको सङ्ख्या एकिन गरिएको छ । कालीकोटमा तेस्रो स्थानमा बेरुजु रहेको पालिका शुभकालिका गाउँपालिका रहेको छ । शुभकालिका गाउँपालिकाको बेरुजु रकम ३ करोड ३२ लाख ९६ हजार ७०२ रुपियाँ रहेको छ ।  अहिले सम्मको जम्मा बेरुजु २१ करोड १२ लाख ७० हजार ६ सय ९४ रुपैयाँ छ ।

यो वर्ष सबैभन्दा कम बेरुजु पलाँता गाउँपालिकाको रहेको छ पलाँताको एक करोड १२ लाख ३६ हजार ९७२ रुपियाँ छ । अघिल्लो आर्थिक वर्षको समेत जोड्दा पलाँता बेरुजुको सुचीमा अब्बल भए पनि आर्थिक वर्ष २०८०।०८१ मा भने बेरुजुको दर घटाएको छ । पलाँताको जम्मा बेरुजु ३१ करोड, २४ लाख ७५ हजार ३९२ रुपियाँ बेरुजु छ ।
यस्तै सान्नी त्रिवेणी गाउँपालिकाको यो वर्षको बेरुजु २ करोड ८५ लाख ७० हजार २ सय ७३ रुपियाँ रहको छ । सान्नी त्रिवेणी गाउँपालिकाको हाल सम्मको जम्मा बेरुजु ३१ करोड ५४ लाख ५१ हजार ४९ रुपियाँ पुगेको छ । यस्तै तिलागुफा नगरपालिकाको आव २०८०।०८१ को वेरुजु १ करोड ५९ लाख ३४ हजार ३ सुय ९३ रुपियाँ रहेकोमा जम्मा वेरुजु अहिले सम्मको १३ करोड २६ लाख ९० हजार १६१ रुपियाँ रहेको छ ।
.नरहरीनाथ गाउँपालिकाको आव २०८०।०८१ को वेरुजु १ करोड ७७ लाख ८६ हजार २ सय २७ रहेको छ भने आल सम्मको जम्मा बेरुजु १९ करोड ३७ लाख ९२ हजार २ सय २७ रहेको छ । रास्कोट नगरपालिकाको आव २०८०।०८१ को वेरुजु २ करोड ६ लाख ८० हजार ६ सय ५७ रहेकोमा हाल सम्मको जम्मा बेरुजु २१ करोड ४५ लाख १६ हजार ६ सय ५७ रहेको छ । यस्तै पचालझरना गाउँपालिकाको आव २०८०।०८१ को वेरुजु १ करोड १५ लाख ७० हजार १ सय ३७ रहेको छ भने हाल सम्मको जम्मा बेरुजु २१ करोड ३१ लाख ५८ हजार १ सय ३७ रुपैयाँ रहेको महालेखा परिक्षकको कार्यालयलेजनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array