इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुसयता ७३ जिल्लामा एक हजार ३६० जनामा डेंगु पुष्टि भएको हो।
डेंगु संक्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। तथ्यांक अनुसार बागमतीमा प्रदेशमा ३४८, कोशी प्रदेशमा २८२, गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा २१५, सुदूरपश्चिम प्रदेशमा १७४, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा १८ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो। जिल्ला अन्तर्गत काठमाडौँमा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ।
काठमाडौँमा १४०, कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६० जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६, भक्तपुरमा ३० जनामा डेंगु पुष्टि भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले विस्तारै डेंगुको सङ्क्रमण बढ्दै जाने बताउनुहुन्छ।





