पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् ।अधिक भारी मनसुनी वर्षाका लागि तयारी गरिरहेका राज्यका दक्षिणका बासिन्दाहरूलाई सहयोग गर्न विपद् प्रतिक्रिया टोलीहरू तैनाथ गरिएको छ ।

‘वर्षासँग सम्बन्धित घटनामा १८ जनाको ज्यान गएको छ, विपद् प्रतिक्रिया टोलीहरूले तल्लो क्षेत्रमा दर्जनौँलाई उद्धार गरेका छन्’, राज्य सरकारले मंगलबार राति भनेको छ ।सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा पालिताना र जेसर सहरहरू समावेश छन् । यी सहरमा मंगलबार पछिल्लो २४ घण्टामा आठ सय ६७ मिलिमिटर (३४ इन्च) वर्षा भएको छ ।

राज्य राहत आयुक्त आलोककुमार पाण्डेले खराब मौसमका कारण आँधीबेहरी, चट्याङ र संरचनात्मक पतनका कारण १८ जनाको मृत्यु भएको बताए ।’स्थितिलाई सम्हाल्न राज्य पूर्ण रूपमा तयार छ र द्रुत राहत तथा उद्धार कार्य सुनिश्चित गर्न अन्तर–विभागीय समन्वयलाई तीव्र बनाइएको छ’, पाण्डेले भने ।उद्धार गरिएकामध्ये गढडा क्षेत्रका आँपको बगैँचामा फसेका १८ जना खेत मजदुर र सुरेन्द्रनगर जिल्लाका २२ जना थिए । त्यहाँ बगिरहेको नदीको पानी उनीहरूको घरमा प्रवेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array