प्रेम बडुवालको अर्को किताव तथ्याङकीय क्याप्सुल भाेलीवाट बजारमा ।।

सान्नी त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालको तथ्याङकीय किताव भोलीवाट बजारमा आउने भएको छ । लोकसेवा अध्ययन गर्ने विद्यार्थिहरुका लागि यो किताव तयार पारेर भोलीवाट बजारमा ल्याउन लागिएको बडुवालले बताउनु भयो । देशको ठूलो शक्ती रोजगारीका लागि विदेश जान बाध्य छन ।

नेपालमै पढेर नेपालमै नेपाल सरकारको रोजगारी गथर्न सहज होस भन्ने उद्देस्यका साथ लोकसेवा सामाग्री सम्बन्धि विभिन्न किताव लेख्दै आयनु भएका बडुवालले पुन तथ्याङकीय क्याप्सुल किताव बजारमा आउन लागेको हो । यस किताबमा विभिन्न तथ्यांकहरु एकै कितावमा अध्धयन गर्न सकिने भएको हुँदा पनि यो निकै उपयोगि हुने छ ।

 

उहाँका अनुसार उक्त कितावमा आव २०८२।०८३ को बजेट, आव २०८२।०८३ को प्रदेशगत बजेट, आव २०८०१।०८२ को आर्थिक सर्बेक्षण, आव २०८२।०८३ को निति तथा कार्यक्रम, ६२ औँ बेरुजु प्रतिवेदन, राष्ट्रिय लेखा अनुमान, राष्ट्रिय जनगणना २०७८ जस्ता विषय बस्तु समावेस छन । यस्तै १६ औँ योजना बारे जानकारी, विभिन्न सुचकांकहरुमा नेपालको स्थान, सातौँ राष्ट्रिय कृषि गणना २०७८, नेपाल जिवन स्तर सर्वेक्षण २०७९।०८० लगायतका विषयहरु समावेस गरिएको बडुवालले बताउनु भयो ।

उहाँले यस अघि पनि लोकसेवा नासु प्रतिस्प्रधि पुस्तक, लोकसेवा खरिदार प्रतिस्प्रधि पुस्तक‍ , सहायक सुचक प्रतिस्प्रधि पुस्तक, प्राथमिक तह शिक्षक विशेषाङक  लगायतका किताव लेखिसक्नु भएको छ । जुन कितावहरु अहिले बजारमा छन । उहाँले निकालेका कितावहरु लोकसेवा तयारीका लागि निकै उपयोगि बनेका छन । उहाँले लोकसेवा तयारी गरिरहेका र यूवाहरुलाई अध्ययन गर्न सहज होस भनेर मुख्य मुख्य विषयबस्तु समेटेर किताव लेख्ने गरेको बताउनु भयो । उहाँले पछिल्लो समय यूवाहरु कुलतमा फस्ने र विदेश जानेहरुलाई घरमै वसेर भएपनि लोकसेवा तयारी गर्न अनुरोध गर्नुभयो । उहाँले खाली समय खेर फाल्नु भन्दा अध्ययन गरेर लोकसेवाको तयारी गर्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array