कालिकाेट
भीरबाट लडेर गम्भीर घाइते हुनुभएका नरहरीनाथ गाउँपालिका–५ का राजेन्द्र सहकारीको उपचारका क्रममा मृत्यु भएको छ । घरका लागि काठ लिन जाँदै गर्दा भीरबाट लडेर सहकारी गम्भीर घाइते हुनुभएको थियो ।
घाइते सहकारीलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । तर उहाँको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको आफन्तले बताएका छन।
उहाँका आफन्त बिरेन्द्रवहादुर बुढाले सहकारी घर निर्माणका लागि दार बोकेर ल्याउँदै गर्दा भीरबाट लडेर घाइते हुनुभएको थियो । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट लगायतको पहलमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरको व्यवस्था गरेर तत्काल उद्धार गर्यो। तर उहाँले धेरै कोशिष गरेपनि बचाउन नसकिएको बुढाको भनाइ छ ।





