कालिकोट
श्रमको सम्मान राष्ट्रिय अभियान भन्ने मुल नाराका साथ स्थानिय तहको रोजगार रणनीतिक योजना अध्यावधिका लागि सुझाव संकलन कार्यशाला सम्पन्न भएको छ । सान्नी त्रिवेणी गाउँपालिकाले बनाएको २०८०।०८१ देखि २०८४।८५ सम्मको पञ्चवर्षिय स्थानिय तहको रोजगार रणनितिक योजनालाई अध्यावधिक गर्नका लागि कार्यशाला गोष्ठिको आयोजना गरिएको रोजगार सहायक रमेश केशीले जानकारी दिनुभयो ।
रोजगार संयोजक मोहन सुवेदीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मोहन बहादुर केशि रहनु भएको थियो । कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत, बिषयगत शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो । नागरिकहरुलाई कसरी रोजगारि दिन सकिन्छ , नागरिकहरुको आय आर्जनमा अभिबृद्धि गर्ने र यहाँका नागरिकहरुलाई व्यवसायिक बनाउने विषयमा छलफल सहित सुझाब संकलन गरिएको हो ।
यहाँको भौगोलिल अबस्थालाई हेर्दै यहाँको भुगोल अनुसार यहाँका नागरिकहरुलाई कुन कुन क्षेत्रवाट रोजगारि सिर्जना सकिन्छ भन्ने विषयमा सवैले आ आफ्नो धारणा राखेका थिए । देशमा रोजगारि नपायर लाखौ यूवा विदेसिने क्रम नरोकिएको अबस्थामा सान्नी त्रिवेणी गाउँपालिकाले यहाँका वेरोजगार यूवालाई यसै गाउँपालिकामा रोजगारि सिर्जना गर्नका लागि आगामि के गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरेको हो ।

गाउँपालिकाले बनाएको स्थानिय तहको रोजगार रणनितिक योजनालाई थप परिमार्जन गरेर सबैको सुझाव सहित आय आर्जनमा बृद्धि गर्ने योजना अध्यावधिक गर्नका लागि यो कार्यशालाको आयोजना गरिएको हो । कृषि उत्पादनमा ३ महिना पनि खान नपुग्ने परिवार, बसोबासका लागि आफ्नो घर नभएको गरिब विपन्न परिवारलाई रोजगारिका लागि पहिलो प्राथमिकता दिने गाउँपालिका अध्यक्ष मोहन बहादुर केशिले बताउनु भयो । प्रधानमन्त्रि रोजगारका योजनाहरु अब उत्पादन, रोजगारि मुखि र आय आर्जनमा बृद्धि गर्न सकिने खालका छनौट गर्नु पर्ने केशिले बताउनु भयो ।
उहाँले यहाँका नागरिकहरुलाई सिप सिकाएर गाउँमै व्यवसायिक बनाउने र उनिहरुको आय आर्जनमा बृद्धि गर्ने कुरामा गाउँपालिकाले निति तथा कार्यक्रम र वजेटको व्यवस्थापन गर्ने समेत बताउनु भएको छ । सहभागिहरुले यहाँका नागरिकहरुको जिवन स्तर उकास्नका लागि र रोजगारमुखी, व्यवसायीमुखी बनाउनका लागि कृषिलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन । यस्तै पालिका स्तरमा साना मझौला उधाग संचालनमा ल्याउनु पर्ने, फलफुल खेति, यहाँका कृषि अर्गानिक बाली, पशु पालन विभिन्न किसीमका तालिम, परम्परागत सीपलाई व्यवसायिक सिपमा रुपान्तरण गर्न आवश्यक रहेको सुझाव दिएका छन ।
स्थानिय स्तरमा तयार गर्न सकिने उनका कपडा, जडिबुटि, मकैको खोस्लावाट बन्ने सामाग्री र पराल वाट बनाउन सकिने सामाग्रीका विषयमा तालिम दिएर उत्पादनमा बृद्धि गरि वजारीकरण गर्न सकेमा गाउँमै रोजगारी पनि हुने व्यवसाय पनि हुने र आय आर्जनमा समेत बृद्धि हुने सहभागीले बताएका छन । यसका लागि स्थानिय सरकारले विशेष चासोको रुपमा लिनु पर्ने उनिहरुको भनाई छ ।





