कालिकोट
सान्नी त्रिवेणी गाउँपालिकाले आ.व.२०८२।०८३ को निति तथा कार्यक्रम र बजेट निर्माणका लागि सुझाव संकलन गरेको छ । सान्नी त्रिवेणी गाउँपालिकामा रहेका विभिन्न राजनितिक दलका प्रतिनिधि समाजसेवि बृद्धिजिविहरुसँग सुझाव संकलन गरेको हो ।
सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि , यहाँका नागरिकहरुको आधारभुत आवश्यक पुरा गर्नका लागि, नागरिहरुको जिवन स्तर उकास्नका लागि र समाज परिवर्तनका लागि आगामि आर्थिक वर्षको वजेट निर्माण र निति तथा कार्यक्रम निर्माणमा सहज होस भन्ने उद्देस्यका साग सबैसँग सुझाव संकलन गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । उहाँले विगतमा भएका कामहरुको कमजोरी, रचनात्मक सुझाव सल्लाहले आगामि योजना निर्माणमा ठूलो सहयोग पुग्ने भएको हुँदा सबैसँग सुझाव लिइएको बताउनु भयो ।
सुझाव कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता अग्र बहादुर वोगटी, नेकपा माओवादी केन्द्रकी नेता विरीन्दा सुवेदी, एमालेका नेता मातृका प्रसाद उपाध्याय, नेकपामा नेता विर्ख विकले आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र वजेट जनताको न्यायका लागि र जनताका आधारभुत आवश्यकताहरु पुरा हुने गरि ल्याउन सुझाव दिएका छन । शिक्षामा विद्यार्थि र शिक्षकको अनुपात हेरेर वजेट छुट्याउन आग्रह गरेका छन । यस्तै उनिहरुले आफ्नाहरुका लागि नभएर सम्पुर्ण नागरिकहरुलाई समान तरिकाले लागु हुने गरि निति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन । यस्तै पालिकाको बेरुजु घटाउने र विकास निर्माणका कामहरुलाई प्रभावकारी रुपमा संचालन गर्न सुझाव दिएका छन ।\

स्थानिय तहको बजेटले भ्याए सम्म यहाँका नागरिकहरुका आवश्यकता पुरा हुने गरि सबैलाई समान तरिकारले न्याय पुर्ण ढंगवाट निति तथा कार्यक्रम र बजेट ल्याउने गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले प्रतिबद्धता जनाउनु भयो । उहाँले बेरुजुका विषयमा बुझेर पनि नबुझे जस्तो हल्ला चलाएको बताउनु भयो । पालिकाको जम्मा बेरुजु आफ्नो पालाको मात्र नभइ अघिल्लो सरकारको बेरुजु धेरै भएको हुँदा बेरुजु देखिएको र आफुहरुले यसलाई घटाएर लैजाने गरि लागिपरेको बताउनु भयो ।
सबैले दिएका सुझावलाई ग्रहण गर्दै यहाँका वास्तविकताका आधारमा आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याउने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । उहाँले जनताका आवश्यकताहरु धेरै पनि बजेटको परिधिमा रहि योजनाहरु सबैलाई न्यायपुर्ण हुने तरिकाले विनियोजन गर्ने समेत बताउनु भयो । उहाँले कसैको स्वार्थ पुर्तिका लागि नभई विशुद्ध जनताको आवश्यकता र सान्नी त्रिवेणी गाउँपालिकाको वास्तविकताका आधारमा निति तथा कार्यक्रम र त्यहि अनुसार बजेट ल्याउने प्रतिबद्धता जनाउनु भयो । उहाँले विगतमा भएका केहि कमजोरीलाई पनि सुधार गरेर आगामि आर्थिक वर्ष विकासको वर्ष भन्ने गरि बजेट ल्याउने र त्यसको कार्यान्वयन गर्ने बताउनु भएको छ ।





