सान्नी त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा ।।

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ’स्थानीय दायीत्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज एक कार्यक्रमका विच गाउँपालिकालाई पुर्ण खोप पालिका घोषणा गरीएको हो ।

जिल्ला समन्वय समिति कालिकोटका उपप्रमुख तथा खोप समन्वय समितिका सह संयोजक मिना रावत विक, जिल्ला अस्पताल कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महत गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष लगायतको उपस्थितीमा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकोे हो ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय उपप्रमुख मिना रावत विकले सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी उपाध्यक्ष पार्वति शिंह संज्याललाइ प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख शुदर्सन बमले बताउनु भयो ।

उहाँका अनुसार, राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय कालिकोटका कटक महतले जानकारी दिनुभयो ।

सान्नी त्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती शिंह संज्यालले गाउँपालिकामा खोप अभियानले आमा र बालबच्चाको मृत्युदर घटेकोे भन्दै आगामि दिनमा नयाँ नयाँ स्वास्थ्य रणनिति तयार गरि लाग्ने बताउनु भयो ।कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुुख मिना रावत बिकले यहाँका नागरिकले स्वास्थ्य सेवामा प्राप्त गरेको उपलब्धीलाइ निरन्तरता दिनु पर्ने बताउनु भयो ।

उहाँले पालिकामा आउदै वाटो नजिकका गाउँमा आफुहरुले खोप लगाएको नलगाएको विषयमा अनुगमन गर्दै आएको र सबैले खोप लगाएको पाइएको बताउनु भयो । स्थानिय सरकार जनताको नजिकको सरकार भएकाले भौतिक पुर्वाधार र सामाजिक बिकास संगसंगै स्वास्थ्य सेवालाई पनि विशेष प्राथमिकताका साथ लिनु पर्ने बताउउनु भयो ।

कार्यक्रम समापनका क्रममा बोल्दै घोषणा कार्यक्रमका अध्यक्ष मोहन बहादुर केसीले सान्नी त्रिवेणी गाउँपालिका सबै भन्दा बढी स्वास्थ्य र शिक्षामा सम्बेदनशिल रहेको बताउनु भयो । उहाँले यस अभियाननलाई सफल पार्न सहयोग गर्ने समुदाय स्तर खटिने स्वास्थ्यकर्मिलाई र महिला स्वास्थ्य स्वयमसेविकालाइ धन्यवाद दिदै आगामि दिनमा पनि यसलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । आज घोषणा गर्यौ अव भईहाल्छ भन्ने हैन पुन पनि कोहि नछुट्ने गरि सबैले हातेमालो गरेर लाग्नु पर्ने बताउनु भयो ।

गाउँपालिकाका प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको र सर्वेक्षणको क्रममा ० देखि ५९ महिना सम्मका ९५ प्रतिशत बालवालिकाले खोप लगाएको भेटिएकोले आज घोषण गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array