अमेरिकाले गर्यो इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण।

अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । यसमा फोर्दो, नतान्ज र इस्फहान रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसको जानकारी दिएका हुन् ।

उनले सबै अमेरिकी जहाज इरानको हवाई क्षेत्रबाट बाहिर निस्किसकेको बताएका छन् । ट्रम्पका अनुसार फोर्दोमा धेरै बम खसालिएको छ ।

यो आक्रमण नेपाली समयअनुसार आइतबार बिहान पौने ५ बजे भएको हो । ट्रम्पले लेखेका छन्, ‘सबै विमान सुरक्षित रुपमा आफ्नो घर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धालाई बधाई । विश्वमा कुनै पनि अरु सेना छैनन् जो यो काम गर्न सक्षम छन् । अब शान्तिको समय हो ।’

उनले दोस्रो पोस्ट गर्दै इरानलाई अब यो युद्ध समाप्त गर्नका लागि सहमतिमा आउनुपर्ने बताएका छन् ।

इरानले भने अमेरिकी सेनालाई इरानी सेनाले रोक्ने कोसिस गरेको बताएको छ । तर आक्रमण रोक्नका लागि असफल भएको इरानको मेहर न्युजले बताएको छ । परमाणु क्षेत्रमा आक्रमण भएको इरानले स्वीकारेको छ ।
Ekantipur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array