बहुक्षेत्रिय पोषण योजना पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन्न भएको छ । सान्नी त्रिवेणी गाउँपालिकामा कुपोषण दर घटाउनका लागि बहुक्षेत्रि पोषण कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम संचालन भईरहेका छन ।
त्यसै अनुरुप आज समितिको बैठक बसेको हो । पालिकालाई कुपोषण मुक्त पालिका घोषणा गर्नका लागि र कुपोषणको अन्त्य गर्नका लागि कुपोषण प्रभावित वडा छनौट गरिएको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ५ मा सुत्केरी हुने महिलाको दर बढि रहेको र कुपोषणको दर पनि बढि रहेकाले उक्त वडा छनौट गरिएको बहुक्षेत्रिय पोषण सहजकर्ता सुस्मीता शाहीले जानकारी दिनुभयो ।
वडा नं. ५ मा रहेका गर्भवति महिला, गरिव विपन्न तथा कुपोषीत बालवालिकालाई कुपोषण वाट बचाउन केहि आर्थिक सहयोग गर्ने पनि उहाँले बताउनु भयो । कुपोषण अन्त्यका लागि र बालवालिका र सुत्केरी आमालाई कुपोषण वाट बचाउन पालिका स्तरमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको उहाँले बताउनु भयो ।





