कालिकोट
सान्नी त्रिवेणी गाउँपालिकामा महिला र सिमान्तकृत समुहको न्यायमा पहुँच अभिबृद्धि परियोजना लागु भएको छ । महिला हिसा अन्त्य गर्नका लागि र महिलाको क्षमता विकास गर्नका लागि यो परियोजना लागु भएको हो । समाजमा अहिले पनि विभिन्न किसीमका महिला हिंसा भईरहेको र विभिन्न कारणले महिलाहरु ऋगाडि बढ्न सकिरहेका छैनन् । हरेक हिसावमा नेतृत्वको महिलाको पहुँच कमजोर छ । महिलाहरुलाई पनि पहुँचमा ल्याउने र उनिहरुको क्षमता विकास गरि नेतृत्वमा पुगाउनका लागि यो परियोजना लागु भएको हो ।
सस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजनाको सहयोगमा महिला सशक्तीकरण मञ्च नेपालले सान्नी त्रिवेणी गाउँपालिकामा यो परियोजना लागु गरिएको आज पालिकामा परिचयात्मक कार्यक्रमको आयोजना गरि जानकारी गराइएको छ । समुदाय स्तरमा कानुनी सचेतना, न्यायिक समितीको क्षमता अभिबृद्धि गराउने, महिला, सिमात्कृत समुह, पछाडी परेका वर्गहरुको लागि कानुनी सचेतना अभिबृद्धि, हिंसा पीडीतलाई सहयोग गर्ने, घटना दर्ता प्रक्रीयामा सहज पहुँच पुगाउन सहजिकरण गर्ने र सहज रुपमा न्याय अभिबृद्धि गर्ने यस परियोजनाको प्रमुख लक्ष्ये रहेको कार्यकारी निर्देशक लक्ष्मी जिसीले जानकारी दिनुभयो ।
महिला सशक्तीकरण मञ्च नेपालकी पुर्व अध्यक्ष सुनिता चन्दको अध्यक्षता, गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीको प्रमुख आतिथ्यता गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालको विशेष आतिथ्यतामा संचालन भएको परिचयात्मक कार्यक्रममा सम्पुर्ण वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । समाजमा अहिले पनि महिलाहरुलाई हेर्ने दृष्टिकोण परम्परागत दृष्टिकोणवाट माथि उठ्न नसकेको हुँदा महिलाहरुको क्षमता विकास गरि उनिहरुलाई पनि नेतृत्वमा पुगाउन सबैले समन्वय र सहकार्य गरेर जानु पर्ने गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो ।
समाज अहिले पनि परम्परागत सोचमा रहेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । परम्परागत सोचवाट उकास्नका लागि जनचेतना जोगाउनु नै मुख्य भुमिका हुने बताउनु भयो । उहाँले यो परियोजना संचालनका लागि पालिकाको तर्फवाट सम्पुर्ण सहयोग हुने र परम्परागत सोचमा परिवर्तन ल्याई महिलाहरुको क्षमता विकास गरि हिंसा मुक्त समाज निर्माणमा लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
स्थानिय सरकारको काममा थप इट्टा थपेर समाजलाई हिंसा मुक्त समाज निर्माण र महिलाहरुलाई न्यायको पहुँचमा पुगाउन यो परियोजना लागु गरिएको संस्थाकी पुर्व अध्यक्ष सुनिता चन्दले बताउनु भयो । उहाँले यो परियोजनाले समुदाय स्तरमा सचेतना जोगाउने र महिलाहरुको क्षमता विकास गरि विभिन्न हिंसा वाट रोक्ने बताउनु भयो ।





