कालिकोटका ९ वटै स्थानिय तहले गरे बजेट सार्वजनिक, कुल ३ अर्ब ७५ करोड ।।

कालिकोट
कालिकोट जिल्लाका ९ वटै स्थानीय तहले पहिलो पटक असार १० को समय सीमाभित्र नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । यसअघि आधा जसो स्थानीय तहको बजेट समय सीमा कटेपछि आउने गरेकोमा यस पटक सुधार गर्दै सबै स्थानीय तहले असार १० गतेको समय सीमाभित्र बजेट प्रस्तुत गरेका छन् ।
तीन नगर पालिका र ६ गाउँपालिका रहेको कालीकोटका ९ वटै स्थानीय तहले आगामि आर्थिक वर्ष ०८२÷०८३ का लागि कुल ३ अर्ब ७५ करोड ७१ लाख ९१ हजार ३ सय २९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।

आगामि आर्थिक वर्षको लागि पचालझरना गाउँपालिकाले ४३ करोड ८४ लाख ३९ हजार ३ सय ५२ रुपैयाँको बजेट ल्याएको छ । त्यस्तै, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै रास्कोट नगरपालिकाले असार ८ गते नगरसभाको आयोजना गर्दै ४७ करोड २२ लाख ८२ हजार ५ सय १० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

खाँडाचक्र नगरपालिको ५३ करोड ५५ लाख ५५ हजार ९ सय २० बजेट प्रस्तुत गर्दै उपप्रमुख गणेशबहादुर शाहीले विगतका कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो ।

जिल्लामै सबैभन्दा बढी बजेट तिलागुफा नगरपालिकाले ल्याएको छ । नगरपालिकाले ७० करोड १४ लाख ९ हजार ७ सय १० रुपैयाँको बजेट विनियोजन गरेको तिलागुफा नगरपालिकाका उप–प्रमुख महेन्द्र बहादुर शाहीले बताए ।

स्थानीय सरकारको जिम्मेवारी मिसन रोजगारी भन्ने नाराका साथ यहाँको नरहरिनाथ गाउँ पालिका ५१ करोड ८३ लाख ८० हजार ५ सय रुपैयाँको बजेट ल्याएको छ । पालिका पहिलो पटक मावि तहमा विद्यालय नर्स कार्यक्रम ल्याएको पालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए ।

त्यस्तै,शिक्षा, कृषि र विपद् पीडितका लागि सहयोग गर्ने योजना सहित सान्नी त्रिवेणी गाउँ पालिकाले ४१ करोड ९२ लाख ६२ हजार ४१ बजेट ल्याएको उपाध्यक्ष पार्वती सिँह सन्ज्यालले बताउनु भयो । पलाता गाउँपालिकाले ४८ करोड २३ लाख ३२ हजार ८ सय ४६ रुपैयाँ, शुभ कालिका गाउँपालिकाले ४६ करोड २० लाख ५० हजार ४ सय रुपैयाँ र महाबै गाउँपालिका ३५ करोड ८७ लाख ४७ हजार ९ सय ६६ रुपैयाँ बजेट सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array