कालिकोटमा भिर वाट लडेर एक वर्षमा ४३ जनाको मृत्यू ।।

कालिकोटमा भीरबाट लडेर हप्तै पिच्छे मृत्यु हुने घटना भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार एक वर्षको अवधिमा भीरबाट लडेर मृत्यु हुनेको संख्या ४३ पुगेको छ । भिरालो वाटोमा हिडडुल गर्ने वेला तथा मेलापात गर्ने क्रममा लडेर मृत्यू हुनेको संख्या बढिरहेको छ ।

शुभकालिका गाउँपालिकामा भर्खरै एक जनाको लडेर मृत्यू भएको छ । भैंसीका लागि घाँस काटेर घर फर्किने क्रममा स्थानीय मरिलोपाटा भीरमा चिप्लिएर शुभकालिका–६ हाउडीका ३८ वर्षीय राजाराम आचार्यको मृत्यु भएको छ । उहाँको मृत्यू सँगै कालिकोटमा एक वर्षको अवधिमा भिर वाट लडेर मृत्यू हुनेको संख्या ४३ जना पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद चौधरीले बताउनु भयो ।

स्थानीय शिक्षक लक्षिराम आचार्यले दिएको जानकारी अनुसार भीरबाट लडेर राजाराम घटनास्थलबाट करिब ३ सय मिटर तल खस्नु भएको थियो । उहाँको शनिबार दाहसंस्कार गरिएको छ । भिर पाखामा घाँस दाउरा गर्ने क्रममा लडेर मृत्यू हुनेको संख्या बढि छ । केहिको भिरालो अप्ठ्यारो वाटोमा आवत जावत गर्ने क्रममा लडेर मृत्यू भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array