(LISA) मा जिल्लाकै पहिलो बन्यो सान्नीत्रिवेणी गाउँपालिका ।।

कालिकोट-
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट सम्पन्न भएको स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन ( LISA ) सार्वजनीक गरिएको छ । गाउँपालिका ÷ नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय पद्धति र विकास व्यस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०८०÷०८१ को नतिजाको गुणस्तर परीक्षणको कार्य मन्त्रालयले आज सार्वजनिक गरको हो ।

 

जसमा कालिकोट जिल्लाका ९ वटा स्थानिय तहमध्ये सान्नी त्रिवेणी गाउँपालिकाले उत्कृष्ट अंक ल्याएको छ । सान्नी त्रिवेणी गाउँपालिकाले ८२ प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै नरहरीनाथ गाउँपालिकाले ८०.५० प्रतिशत अंक प्राप्त गरेको छ भने, रास्कोट नगरपालिकाले पनि ८०.५० प्रतिशत अंक नै प्राप्त गरेको छ । यस्तै तिलागुफा नगरपालिकाले ७९ प्रतिशत, पचालझरना गाउँपालिकाले ७५ प्रतिशत, शुभकालिका गाउँपालिकाले, ७३ प्रतिशत, पलाता गाउँपालिकाले ६८.७५ प्रतिशत, खाडाचक्र नगरपालिकाले ६४.५० प्रतिशत र महावै गाउँपालिकाले ५८ प्रतिशत अंक प्राप्त गरेको छ ।

 

गाउँपालिकामा रहेका सबै जनप्रतिनिधि, कर्मचारीहरुको मेहनत र लगनशिलताले जिल्लाका अन्य पालिका भन्दा उत्कृष्ट नम्बर ल्याउन सफल भएको सान्नीत्रिवेणी गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । स्थानिय तहको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय एंव आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय जस्ता विषयका आधारमा स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन ( ीक्ष्क्ब् ) निकाल्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array