कालीकोट ः
नेपाल तरुण दल जिल्ला कार्य समिति कालीकोटले कालीकोट जिल्ला र खाडाचक्र नगरपालिका वासीहरुले खेप्नु परेका विभिन्न समस्या प्रति सम्वन्धित निकायको ध्यान नपुगेको भन्दै खेद प्रकट गरेको छ । तरुण दल कालीकोटले जिल्लावासीले विभिन्न समस्याहरु खेपीरहदा पनि सम्वन्धित निकायहरु मौन बसेको प्रति खेद प्रकट गर्दै आज जिल्ला प्रशासन कार्यालय कालीकोटमा ज्ञापन पत्र बुझाएको छ ।
अवको निकट भविस्यमा यस्ता कार्यहरु नागरिक र सबै पीडीत पक्षकाृ हितमा नभए नेपाल तरुण दल कालीकोट र सबै सचेत यूवाहरु यस्ता कार्यहरुप्रति नागरिकका पक्षमा जहिले अनवरत रुपमा रहने कसरा प्रष्ट पार्दै आगामी दिनहरुमा यी सबै कार्य दोहोरीन गएमा नेपाल तरुण दल कालीकोट र सबै सचेत यूवाहरु सक्रीय हुदै यस्ता कार्यहरु प्रति खवरदारी गर्दै सक्रीय हुने कुरा जानकारी गर्दछौ । ज्ञापन पत्रमा भनिएको छ । साथै तरुण दल कालीकोटले जिल्लाका विभिन्न समस्याहरु देखाउदै ति समस्याहरु समाधान गर्न सम्वन्धित सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ ।
जिल्लाको केन्द्रविन्दु खाडाचक्र नगरपालिका वडा नं. १ स्थित मान्म बजार जाने बाटो विगत केहि समय देखि अस्तव्यस्त रहेको, शिक्षा, स्वास्थ्य था खानेपानीमा अनियमितता, सरकारी भौतिक संरचना व्यक्तीको प्रयोजनमा प्रयोगका साथै अनियमितता , जिल्ला भित्रका स्थानिय तह तथा सरकारी कार्यालयमा भ्रष्टचार तथा अनियमितता, सरकारी सवारी साधनहरुको दुरुपयोग हुने गरेको र लागु औषध दुर्वेसन नियन्त्रण हुनु पर्ने माग राख्नै आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । यी माग पुरा नभएमा र पुन यस्ता कार्यहरु दोहोरी रहेमा नेपाल तरुण दल कालीकोट र सबै सचेत यूवाहरु कडा रुपमा प्रश्तुत हुने तरुण दल कालीकोटका अध्यक्ष दमनराज शाहीले बताउनु भयो ।





