तेस्रो डाँफे माध्यामिक कप २०८२ सम्पन्न, आइन्सटाइन सदन प्रथम ।।

कालिकोट
तेस्रो डाँफे माध्यामिक कप २०८२ सानदारका साथ सम्पन्न भएको छ । सारिरीक, मानसिक संवेगात्मक विकासका लागि खेेलकुद अनुशासन र गतिशिलताका लागि खेेलकुुद भन्ने मुल नाराका साथ मंसिर ४ गते देखि सुरु भएको प्रतियोगिता ६ गते सम्पन्न भएको डाँफे माध्यामिक विद्यालयमा खेेलकुुद शिक्षक माइकल धामिले जानकारि दिनु भयो ।
चार वटा सदन र २ वटा विद्यालयको सहभागितामा संचालन भएको तेस्रो डाँफे माध्यामिक कपमा बिजेता आइन्सटाइन सदन भएको छ । ९ गोल्ड मेडल, ५ सिल्भर र ३ ब्रोन्ज मेडल सहित जम्मा १७ मेडल प्राप्त गरेर बिजेता बनेको हो ।
यस्तै देभकोटा सदन ८ गोल्ड मेडल सहित दोस्रो, सगरमाथा ५ गोल्ड मेडल सहित तेस्रो , बुद्द ३ गोल्ड मेडल सहित चौथो र ठिगेल्निदेवि आवि १ गोल्ड मेडल सहित पाँचौ भएको छ । खेेलकुुद क्षेत्रको विकास , खेेलाडिमा अनुशासन , गतिशिलता र सारिरीक मानसिक विकासका लागि डाँफे माबिले प्रतेक वर्ष प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । प्रतियोगितामा सबै खेेलाडिले उत्कृष्ट प्रदर्शन गरेको प्रमुख रेफ्रि पृथि बुढाले बताउनु भयो । उहाँले खेेल क्षेत्रको विकासका लागि र खेेलाडिको पहिचान र सम्मानका लागि यस्ता खेेलकुद प्रतियोगिता आबश्यक रहेको र निरन्तरताका लागि शुभकामना समेत ब्यक्त गर्नु भयो ।
यश प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न सहयोगि मन भएका ब्यक्तिले आर्थिक सहयोग गरेका थिए । विद्यालय स्तरमा हुने यस्ता प्रतियोगिताले विद्यार्थिलाइ खेेल क्षेत्रमा लाग्न प्रेरित गर्ने र थप हौसला पनि प्रदान गर्ने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि ( महेस) ले बताउनु भयो । उहाँले खेेलाडिले खेेलमा अनुशासनलाइ पहिलो प्राथमिकता दिनु पर्ने बताउदै यश प्रतियोगिताले अन्य बिद्यालयका लागि नयाँ ज्ञान प्रदान गर्ने बताउनु भयो । उहाँले प्रतेक विद्यालयले यसरी प्रतियोगिता गर्दा खेेलाडिको हौषला बढ्नुका साथै नयाँ खेेलाडि उत्पादन र पहिचान हुने समेत बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array