सुदूरपश्चिमविरूद्ध कर्णालीका कप्तान सोमपाललाई ‘रोयल डक’, पहिलो बलमै विकेट ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार दिनको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोयल्सविरूद्ध कर्णाली याक्सले टस जितेको छ। 
टस जितेको कर्णालीले फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमविरूद्ध कर्णालीका कप्तान सोमपाल कामीले रोयल डक लिएका छन्। उनले सुदूरपश्चिमका ओपनर जोश ब्राउनलाई इनिङग्सको पहिलो बलमै बोल्ड गरेर रोयल डक गराएका हुन्। पहिलो ओभरमै उत्कृष्ट ब्याटिङ गरेका सोमपालले पहिलो पाँच बलमा कुनै रन दिएनन् भने अन्तिम बलमा एक रन दिए। 
बिबिसीका अनुसार क्रिकेटमा पहिलो इनिङ्ग्सको पहिलो बलमा आउट हुँदा त्यसलाई ‘प्लाटिनम वा रोयल डक’ भनिन्छ।
सुदूरपश्चिमले यसअघिका लगातार दुई खेलमा जित निकालेको थियो ।कर्णालीले भने एक खेलमा जित र एक खेलमा पराजय भोगेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array