कालिकोट:
सान्नीत्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज कार्यक्रमका विच उद्घाटन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भवनको उद्घाटन गर्नु भएको हो । अव देखी पालिकाका प्रशासनिक कामकाज आफ्नै भवनबाट सन्चालन हुने छन । केही वर्ष क्याम्पसको भवनवाट र केही वर्ष सानो भवनवाट सबै जनतालाई सेवासुविधा दिँदा असहज भएको थियो शोमवार गापा अध्यक्ष मोहन केसीको अध्यक्षयतामा नयाँ भवनको एक समारोहका बिच उद्घाटन गरिएको हो । भवन बनेपछि काममा सहज भएको पालिका अध्यक्ष मोहन बहादुर केसीले बताए । उद्घाटन समारोहमा पालिकालाई जग्गादान गर्ने स्थानिय र निर्माण गर्ने कम्पनिका प्रतिनिधि कनक शाहीलाई सम्मानपत्र हस्तान्त्रण गरिएको छ। भवन उद्घाटनसंगै नयाँ प्रशासनिक भवनवाट सेवा दिन सुरू गरिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेम बढुवालले बताए ।
उद्घा्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले गाउँपालिकाका अध्यक्ष मोहन केसी तथा स्थानीय युवाहरूको तर्फबाट त्यहाँका समस्याका बारेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका विषयमा प्रदेश सरकारवाट आवश्यक पहल थाल्ने बताउनु भएको छ। सडक मार्गबाट पुग्दा आफैले प्रत्यक्ष अनुभव गरेका ति विषयहरूमा मेरध्याो नाकर्षण भएको छ। उहाँले भन्नु भयो, पश्चिम क्षेत्रकै प्रमुख धार्मिक स्थल बडीमालिकाको प्रवेशद्वारको रूपमा समेत रहेको सान्नी त्रिवेणीलाई समृद्ध बनाउन पालिकाबासी सबैको साझा प्रत्यन्न र ऐकयवद्वताबाटै सम्भव छ। सुन्दर भवन निर्माणमा योगदान गर्ने गाँउपालिकासहित निर्माण व्यवसायि जग्गादाता लगायत पालिकावासीलाई हार्दिक बधाई समेत धन्यवाद समेत ब्यक्त गर्नु भएको छ ।
जेनजी यूवाले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र ।।

यसै विच सान्नित्रिवेणी गाउँपालिकाका जेनजी युवाले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार एक ज्ञापनपत्र बुझाएका छन्। गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका मुख्यमन्त्री कँडेललाई गाउँपालिकाको विकास, सेवा सुविधा र स्थानीय समस्याको समाधानका लागि तत्काल कदम चाल्न माग गर्दै उक्त ज्ञापनपत्र मुख्यमन्त्री कँडेललाई बुझाएका छन ।
ज्ञापनपत्रमा भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य सेवा सुधार, सडक स्तरोन्नति, खानेपानी विस्तार, कृषि सहुलियत, तथा प्रशासनिक सेवामा सहजता जस्ता मुद्दाहरू प्राथमिकताका रूपमा उल्लेख गरिएको ज्ञापनपत्र कार्यक्रममै जेनजी शुनिल शाही, मिन बोगटी बिशाल शाहि र नहकुल शाहीले हस्ताक्षर गरेर बुझाएका हुन ।गाउँपालिकाका प्रतिनिधिहरूले पछिल्ला वर्षहरूमा आवश्यक पूर्वाधार अभाव र बजेट कमीका कारण धेरै योजना रोकिएको बताउँदै प्रदेश सरकारको विशेष ध्यान आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।






