कर्णाली र कर्णाली बासिको मुहार फेेर्न नयाँ विकास मोडल तयार पारिने माननीय योगीको भनाइ ।।

कालीकोट :
कर्णाली प्रदेश योजना आयोगका सदस्य एवम समाजसेवी अशोकनाथ योगिले कर्णाली विकासको मोडल विगतको भन्दा फरक तरिकाको बनाउने वताउनु भयो । पुरानो मोडलको विकासको खाकाले कर्णालिलाइ विकास गर्न नसकिने र अब नयाँ तरिकाले जानू पर्ने योगिले बताउनु भयो ।


नेपाल पत्रकार महासंघ कालिकोटले आइतबार जिल्ला सदरमुकाम मान्ममा आयोजना गरेको पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा आफ्नो धारणा राख्दै माननीय योगीले यस्तो बताउनु भएको हो । कर्णाली विकासको मोडलनै फरक वनाउने योजना रहेको वताउनु भएको हो । उहाँले कर्णालीका रणनीति,वहुवर्षीय आयोजनाको कार्यान्वयन वैंक स्थापना गरिएको विषयमा जानकारी गराउनु भयो ।
कर्णालीलाइ राजनितिक आर्थिक र सामाजिक सास्कृतिक रुपा विकास गरिने र यसका लागि नयाँ योजना बनाएर अघि बढ्ने उहाँको भनाइ छ । यसका लागि प्रदेश सरकारले केही कामको थाालनि गरेर कार्यान्वयनको प्रक्रियामा रहेको केही कामहरु कार्यनयन भइरहेको समेत बताउनु भयो ।


कार्यक्रममा पत्रकारहरुलाई कर्णाली प्रदेश योजना आयोगले प्रकाशन गरेको दोस्रो पञ्चवर्षिय योजना हस्तानत्रण गनु भएको थियो । साथै उहाँले जेनजी आन्दोलनको मर्म अनुसार प्रदेश सरकारले शुसासनको मुद्धालाई गम्भिरताकासाथ लिएको वताउनु भयो । यसैगरि कर्णालीलाई कार्यान्वयन प्रक्रियामा अर्गानिक वनाउने प्रयास भइरहेको वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array