शाहीको उपचारका लागि बिदेशी नागरिकवाट २ लाख ८७ हजार आर्थिक सहयोग ।।

कालीकोट :
नो लिमिट्स नेपाल कालीकोटका अध्यक्ष तथा समाजसेवि खेमराज शाहीको समन्वय र पहलमा सान्नी त्रिवेणी गाउँपालिका वडा नं ४ निवासि गोविन्द शाहिको जेठो छोरा कमल शाहिको उपचारका लागि ठुलो सहयोग रकम जुटेको छ । बिदेसमा रहेका नागरिकहरुले नेपाली २,८७,०००। अक्षरुपि दुई लाख सतासि हजार सहयोग गरेका हुन ।

काठमाडौमा कामका लागि घएका शााहि एक्कासि विरामि भएर ढलेपछि आफन्तले हस्पिटल पुगाएका थिए । घरको आर्थिक अबस्था कमजोर भएका करण उनको उपचारमा समस्या भएको हुदा थुुप्ररै सहयोग मनहरुले उनको उपचारका लागि आर्थिक सहयोग गरिरहेका छन । शाहिको उपचारका लागि विदेशमा रहेका नागरिकहरु सँग संवाद गरेर संस्थाका अध्यक्ष खेेमराज शाहिले यो रकम जुटाएका हुुन । उनको उपचारमा कुनै आर्थिक समस्या नहोस भनेर आफुुले बिदेशमा समेत पहल गरेको र यो रकम सहयोग प्राप्त भएको शााहिले बताए ।

अहिले उनको काठमाडौ टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारका लागि सहयोग गर्न समेत सबैले अपिल गरेका छन । बिदेशि नागरिकहरुले समेत ठुुलो रकम सहयोग गरेपछि सामाजिक संजाल मार्फत नै उनिहरुलाइ धन्यवाद प्रकट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array