बालबालिकाको अधिकार, आवाज र सहभागितालाई उजागर गर्न जिल्ला स्तरीय बाल भेेला ।।

नमराज योगी : कालिकोट
शनिवार वाट कालिकोटमा जिल्ला स्तरीय बाल भेला सुरु भएको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल) कालिकोटको आयोजनामा तथा किर्डाक नेपाल र सादा नेपालसँगको सहकार्यमा जिल्ला स्तरीय बाल भेला सुरु भएको हो । प्लान इन्टरनेशनल नेपाल / सशक्त बालिका परियाेजनाकाे सहयाेगमा जिल्ला स्तरिय बाल भेला शुरु भएकाे हाे । भेलामा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहबाट बालबालिकाको सहभागिता रहेको जनाइएको छ । साथै कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता छ ।
बाल भेलाले बालबालिकाको अधिकार, आवाज र सहभागितालाई उजागर गर्ने अवसर प्रदान गरेको छ । बालमैत्री समाज निर्माणका लागि सञ्चारमाध्यमले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टले बताउनु भयो ।
बाल भेलाले बालबालिकालाई आफ्ना अधिकार र जिम्मेवारीबारे सचेत गराउँदै उनीहरूको आवाजलाई नीति निर्माणसम्म पुर्‍याउन पुुगााउन आबश्यक रहकाे प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुँयल बताउनु भयोए
जिल्ला स्तरीय बाल भेलाले बालबालिकालाई आफ्ना अधिकार, कर्तव्य र जिम्मेवारीबारे सचेत गराउँदै उनीहरूको नेतृत्व क्षमता र सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । बालबालिकाका आवाजलाई नीति तथा योजना निर्माण प्रक्रियासम्म पुर्‍याउन यस्ता कार्यक्रम आवश्यक रहेकाे हुरेन्डेक नेपाल कालिकाेटका अध्यक्ष गौरी कुमारी शाहीले बताउनु भयो ।
भेलाले बालअधिकार, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।बालभेला कार्यक्रमकाे संचालन हुरेन्डेक नेपाल कालिकाेद्वारा संचालित आर एन डब्लु आईपी परियाेजना संयाेजक सुर्य बहादुर राेकायाले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array