नरहरिनाथ गाउँपालिका माल्कोटमा रहेको स्वास्थ चोैकी बन्द

२ साउन, कालीकोट । नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ को माल्कोटमा रहेको उप स्वास्थ्य चौकी बन्द भएको छ ।

गाउँपालिकाले अघिल्लो सरकारले नियुक्ती गरेका करारका कर्मचारी हटाएपछी उक्त स्वास्थ्य चौकी बन्द भएको हो ।

करारका कर्मचारी हटाइएर बाँकी दुई जना स्थायी स्वास्थ्यकर्मी बिदामा गएपछी केही दिनदेखी माल्कोट उप स्वास्थ्य चौकी बन्द रहेको स्थानियले गुनासो गरेका छन् ।

स्वास्थ्य संस्थानै बन्द भएपछी सोमवार एक सुत्केरी चार घण्टासम्म स्टेचरमै बाहिर छट्पटाउनु परेको थियो । पछी करार कर्मचारी लाई पठाएपछी चार घण्टापछी गर्भवतीले छोरी जन्माएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array