कालिकोट :
सान्नी त्रिवेणी गाउँपालिकामा संचालन भएको टोल शिक्षा कार्यक्रम प्रभावकारी वनेको एक गोष्ठिले निष्कर्ष निकालेको छ । कोरोना भाईरसको संक्रमण फैलिएको वेला विद्यालय बन्द भएको अवस्थामा टोल शिक्षा कार्यक्रम लागु भएको थियो । यूनिसेफ नेपालको सहयोग र गाउँपालिकाको साझेदारीमा संचालन भएको टोल शिक्षा कार्यक्रम प्रभावकारी रहेको आज वसेको पालिकाको समिक्षा गोष्ठिले निष्कर्ष निकालेको हो ।
कोभिड १९ का कारण कतिपय वालवालिकाले विद्यालय समेत छाड्नु पर्ने अवस्था सृर्जना भएको र पठन पाठनमा समेत असर परेको वेला गाउँपालिकाले यूनिसेफ सँगको सहयोगमा पालिकाका ४३ वटा टोलमा टोल शिक्षा लागु गरेको थियो । विभिन्न शैक्षिक सामाग्री सहित टोल शिक्षक छनौट गरि तालिम दिएर टोल टोलमा पठन पाठन गराउन थालेपछि वालवालिकाको पठन पाठनमा सुधार आएको टोल शिक्षकहरुले बताएका छन ।
कोभिड १९ का कारण विद्यालय जान नपाएर घरमै वसिरहेका वालवालिकालाई प्रतेक टोल टोलमा गएर पठन पाठन गराउन थालेपछि वालवालिकाको क्षमतामा समेत बृद्धि भएको छ ।, सान्नी त्रिवेणी गाउँपालिकाका २ हजार ४ सय ५९ जनालाई टोल शिक्षा मार्फत पठनपाठन गराएको गाउँपालिकाले जनाएको छ । टोल शिक्षा मार्फत बिद्यार्थिले विर्षेको ज्ञान पनि प्राप्त गरेको र दृष्यवाट पठन पाठन गराउन थालेपछि विद्यालय प्रति आकर्षण पनि बढेको प्रधानाध्यापकहरुको बुझाई छ ।
करिव १ वर्ष टोल शिक्षा मार्फत पठन पाठन गराए पछि अहिले कार्यक्रम केहि समयका लागि बन्द भएको छ । अव यस कार्यक्रमलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा गाउँपालिकाको निर्णय अनुरुप आफुहरुले काम गर्ने यूनिसेफ नेपालले जनाएको छ । यो कार्यक्रम विद्यार्थिको लगि उपयूक्त भएको हुँदा यस कार्यक्रमलाई निरन्तरता दिनका लागि गाउँपालिकाले निर्णय गरेर अगाडि बढ्ने शिक्षा विकास समितिका संयोजक जय प्रसाद सिम्खाडाले बताउनु भयो ।
शिक्षा समितिका संयोजक जय प्रसाद सिम्खाडाको अध्यक्षतामा संचालन भएको १ दिने समिक्षा गोष्ठिमा वडा न.४ का अध्यक्ष देव नाथ योगी, ६ का अध्यक्ष नहकुल संज्याल, ८ का नौलाशिह बुढा, ९ का नरपति तिरुवा शिक्षा शाखा प्रमुख मोहन विर धामी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक टोल शिक्षकहरुको सहभागिता रहेको थियो ।





