स्वास्थ्य, खानेपानी र विपद सम्वन्धि गाउँपालिका र रेडक्रस विच छलफल ।।

कालिकोट

सान्नी त्रिवेणी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी विच स्वास्थ्य, खानेपानी र विपद सम्वन्धि छलफल भएको छ । सान्नी त्रिवेणी गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउनका लागि विभिन्न संघ संस्था सँग समन्वय र छलफल जारी राखेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय प्रतिनिधि र गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसी, उपाध्यक्ष पार्वती शिंह संज्याल, प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाही, प्रशासन शाखा प्रमुख धिरेन्द्र धामी लगायतका कर्मचारी विच छलफल भएको हो । रेडक्रसले सान्नी त्रिवेणी गाउँपालिकामा स्वास्थ्य, खानेपानि र विपदका क्षेत्रमा काम गर्नका लागि कार्यक्रम लागु गर्दैछ ।

रेडक्रसको आर्थिक सहयोगमा सान्नी त्रिवेणी गाउँपालिकाका हरेक वस्तिमा खानेपानिको पहुँच पुगाउने र स्वास्थ्य सेवामा नागरिकहरुको प्रत्यक्ष पहुँच पुगाउने गाउँपालिका अध्यक्ष केसीले बताउनु भयो । यहि माघ महिना देखि नै कार्यक्रम लागु गर्ने गरि छलफलमा सहमति भएको अध्यक्ष केसीको भनाई छ ।

उहाँले भन्नुभयो, पालिकामा आउने रकमले मात्र पालिकाको विकास र समृद्धि सम्भव हुदैन । केन्द्र र प्रदेस वाट आउने वजेट थोरै छ । यहाँको आवश्यकता धेरै छ । यहाँका हरेक नागरिकहरुको आवश्यकता पुर्ति गर्नका लागि र समृद्धि गाउँपालिका बनाउनका लागि रेडक्रस सँगै अन्य संद्ध संस्थासँग समन्वय गरिरहेको उहाँले बताउनु भयो ।

सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि हातेमालो गर्न आउने रेडक्रसलाई उपाध्यक्ष पार्वती शिंह संज्यालले धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले रेडक्रसको कार्यक्रम संचालन गर्नका लागि पालिकाले सम्पुर्णं सहयोग गर्ने बताउनु भयो । पालिकाको विकास र समृद्धिका लागि जनप्रतिनिधि कर्मचारीको मात्र भुमिका नभएर प्रतेक नागरिकहरुको भुमिका रहेको बताउनु भयो ।

सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि रेडक्रसले संचालन गर्ने कार्यक्रमले ठूलो सहयोग पुग्ने रेडक्रसका केन्द्रीय प्रतिनिधिले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array