सान्नी त्रिवेणी गाउँपालिकामा मदिरा विक्री वितरण गर्ने समय तोकियो, घरेलु मदिरा पुर्ण रुपमा बन्द गरिने ।।

कालिकोट
सान्नी त्रिवेणी गाउँपालिकामा रहेका होटल पसलमा आजवाट घरेलु मदिरा विक्री वितरण गर्न नपाईने भएको छ । सान्नी त्रिवेणी गाउँपालिकामा बसेको बैठकले मदिराजन्य पदार्थ विक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो । यूरोपीएन यूनिएन र प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग फेडो नेपालको समन्वय र सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा आज पालिकामा वसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पालिकाका नजिकै रहेका होटल पसलमा मदिरा सेवन गरि समाजमा विकृति बढुदै गएको र सार्वजनिक स्थलमा जाँड रक्सी खाएर हो हल्ला गर्ने क्रम बढेपछि पालिकाले कडाई गर्न थालेको हो । जाँड रक्सी खाएर कोहि कसैले हो हल्ला गरेमा हो हल्ला गर्ने ब्यक्ती र मदिरा विक्री गर्ने व्यापारीलाई जरिवाना गर्ने निर्णय गरिएको छ ।
पालिकामा रहेको वजार व्यवस्थापन सुमितिका पदाधीकारी, व्यापारी जनप्रतिनिधि प्रहरी प्रशासन कर्मचारी लगायतको उपस्थितीमा वसेको बैठकले मदिरा सेवन गरि हो हाल्ला गर्नेलाई पहिलो चरणमा १ हजार ५ सय रुपैयाँ जरिवाना गर्ने र मदिरा विक्री गर्नेलाई १ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
मदिरा विक्री वितरण गर्नेहरुले पनि साँझ ५ वजे देखि १० वजे सम्म मात्र ईजाजतपत्र प्राप्त व्यापारीहरुले मदिरा विक्री गर्न पाउने निर्णय गरेको हो । साथै स्थानिय होटल पसलमा घरेलु मदिरालाई नियन्त्रण गर्नका लागि प्रहरी प्रशासनले गाउँपालिकाको समनवयमा आफ्नो समयअनुकल छापा मारेर घरेलु मदिरा बरामत गरि नष्ट गर्ने निर्णय भएको हो ।
साथै गाउँपालिकाका विभिन्न स्थानमा कतिपयले आफ्नो व्यवसाय दर्ता नगरि स्रंचालन गरिरहेको हुँदा यहि माघ महिना भित्र आफ्नो व्यवसाय दर्ता गर्न समेत गाउँपालिकाले आग्रह गरेको छ । आज पालिकाले गरेको निर्णयको कार्यन्वयन गरि जथाभावि रुपमा मदिार सेवन र विक्री वितरण गरेको मदिरा ऐन २०३१ अनुसार कार्वाही गरिने समेत जनाइएको छ ।
गाउँपालिका उपाध्यक्ष पार्वती शिंह संज्यालको अध्यक्षतामा वसेको बैठकमा वडा नं. ४ का वडा अध्यक्ष देवनाथ योगी, निमित्त प्रमुख प्रशासकिय अधिकृत मोहन सुवेदि, प्रहरी चौकी मेहलमुडीका प्रहरी सहायक निरीक्षक तिलक बहादुर डाँगी वजार व्यवस्थापन समितिका पदाधिकारी व्यापारी लगायतको उपस्थिती रहेको थियो ।
आज गरेको यो निर्णयको सबैले आ आफ्नो क्षेत्रवाट कार्यान्वयन गर्न समेत उपाध्यक्षले आग्रह गर्नुभयो । मदिरा सेवन गर्नाले नै घरेलु हिंसा तथा महिला हिंसा बढेको भन्दै उहाँले घरेलु हिंसा र महिला हिंसा अन्त्यका लागि पनि मदिरा सेवन तथा विक्री वितरणमा कडाई गर्नुपर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array