- जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहिले जनताको आबश्यकताको आधारमा नीति बनाउनु पर्ने बताउनु भएको छ । जनताको सबै भन्दा नजिकको सरकार स्थानिय सरकार रहेको हुँदा जनताका वास्तविक आवाज गुनासो समस्या पहिचान गरि ऐन नीति नियम बनाउनु पर्ने बताउनु भयो ।
सान्नी त्रिवेणि गाउँपालिकाको ११ औँ गाउँ सभामा बोल्दै समन्वय प्रमुख शाहिले यस्तो बताउनु भएको हो । सान्नी त्रिवेणि गाउँपालिकाले ११ औँ गाउँसभावाट विभिन्न ऐनहरु पारित गरेकोमा उहाँले खुसि ब्यक्त गर्नु भयो । सान्नी त्रिवेणि गाउँपालिकाले यहाँका हरेक नागरिकहरुको समस्या, आवाज र आवश्यकतालाई मध्यनजर गर्दै ऐन नीति नियम निर्माण गरेको बताउनु भयो ।
उहाँले पालिकाले बनाएका विभिन्न ऐनलाई सफल्तापुर्वक कार्यान्वयन गर्न समेत आग्रह गर्नु भयो । साथै उहाँले यो आर्थिक वर्षमा सकेजति खर्च बजेट बढाउन समेत आग्रह गर्नु भयो । पालिकामा आएको विकासे बजेट खर्च गर्न नसकेमा आगामि आर्थिक वर्षमा आउने बजेटमा समेत असर पर्ने भएको हुँदा सहि तरिकाले बजेट खर्चमा ध्यान दिनु पर्ने बताउनु भयो ।
उहाँले शिक्षामा क्रान्ति ल्याउनु पर्ने बेला आएको बताउनु भयो । सान्नी त्रिवेणि गाउँपालिकाको विकास र समृद्दिका लागि जिल्ला समन्वय समितिको कार्यालय कालिकोट र आफुले पुर्ण सहयोग र आफ्नो भुमिका निर्वाह गर्ने बताउनु भयो ।





