कालिकोट :
सान्नी त्रिवेणी गाउँपालिकाले यहि फागुन ७ गते देखि राष्ट्रपति रनिङ शिल्ड संचालन गर्ने भएको छ । सान्नी त्रिवेणी गाउँपालिकाले स्थानिय तह स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ७ गते देखि १० गते सम्म गाउँपालिकाको वडा नं. ९ मुम्रामा संचालन गर्ने भएको छ ।
सान्नी त्रिवेणी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाले आज एक सुचना जारी गर्दै पालिकामा रहेका ७ वटै माध्यामिक विद्यालयको सहभागिताका लागि अनुरोध गरेको छ । चालु शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत विद्यार्थिले भाग लिन पाउने र प्रतियोगिताको अन्तिम मिति सम्म १८ वर्ष भन्दा मुनिका विद्यार्थिहरुलाई खेलमा सहभागि गराउन सुचनामा उल्लेख गरेको छ ।
प्रतियोगितामा भाग लिन आउने खेलाडिको जन्मदर्ता, परिचय पत्र , आईइएमआईएस कोड सहित खेलमा सहभागि गराउन आग्रह गरेको छ । साथै संलग्न फारम, नियम र निर्देशन अनुुसार प्रधानाध्यापक वाट प्रमाणित गराई नाम दर्ता गराउन समेत आग्रह गरेको छ ।
खेलमा पंचदेवल मावि मेवहलमुडि, डाँफे मावि मुम्रा, शंकर मावि सेरीज्यूला, कालिका मावि डाँडाखेत, जनज्योति मावि तिकुँवा, मष्टो सरस्वति मावि बुठ्ठीगे र विद्याज्योति मावि लुयाटा सहभागि हुनेछन ।





