माओवादी केन्द्र सान्नी त्रिवेणीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम सम्पन्न ।।

कालिकोट

२८ औँ जनयुद्ध दिवसको अवसर पारेर नेकपा माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिले आयोजना गरेको सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ। हिजो वाट सुरु भएको सांस्कृतिक कार्यक्रम आज विभिन्न विधाका पारखीहरुलाई सम्मान गर्दै समापन गरिएको छ ।

२ दिन सम्म चलेको सांस्कृतिक कार्यक्रममा जिल्ला भित्र रहेका र जिल्ला वाहिर रहेका प्रख्यात देउडा खेलाडिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो दिन हिजो पञ्चेवाजा सहित धुमधामका साथ सुरु गरिएको थियो । वाजुरा जिल्लाकी देउडा खेलाडि विपना भण्डारी कालिकोटका देउडा खेलाडि केसवराज शाही, हरिचन्द्र देवकोटा, वलिराम देवकोटा, मान बहादुर केसी, हंसे लुवार, सुर्जमान शाही, प्रेम बहादुर बम, गोर्ख बहादुर बुढा, जनक बुढा, धन प्रसाद देवकोटा, रोजना बम, मुक्ती सिमखाडा विच घम्साघम्सी देउडा खेल चलेको थियो ।

साथै आज खम्म दर्जि, चक्र दर्जि, जसि दर्जि, कर्ण दर्जि, गोरे दर्जिको हुड्के नाच समेत प्रश्तुत गरिएको थियो । वाजुराकी देउडा खेलाडि विपना भण्डारी र कालिकोटका देउडा खेलाडिहरु विच चलेको देउडा खेललाई दर्शकहरुले पनि असाध्यै मन पराएका थिए । कार्यक्रम मनोरञ्जन र दिवसको अवसर पारेर मात्र नभएर सुदुर कर्णाली प्रदेसमा लगाईने देउडा खेलको संरक्षण र देउडा खेलाडिहरुको प्रश्तुती, लोप हुन लागेको हुड्के नाच आम नागरिकहरु माझ प्रश्तुत गराउनका लागि यो सास्कृतिक कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँकमिटिले जनाएको छ ।

माओवादी केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई पालिकाको आयोजना भनि पालिकाको विकासे वजेट खर्च गर्न लागेको भन्ने भ्रम फैलाएको भन्दै यस्तो भ्रमका पछि नलाग्न गाउँ कमिटि अध्यक्ष महेस केसीले आग्रह गर्नुभयो । उहाँले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि युद्ध सुरु गरेको दिनको सम्झनामा यो दिवस मनाइएको बताउनु भयो ।

१० वर्ष जनयुद्ध गरेर देशमा संघिय लोकतान्त्रि गणतन्त्र स्थापना गर्न सफल भएको बताउदै यस सफल्ताको खुसियालीमा यो दिवस भव्य रुपमा मनाएको र आगामि दिनमा पनि मनाउदै जाने बताउनु भयो । कार्यक्रममा विभिन्न विधामा आफ्नो प्रश्तुती देखाउने, दमाहा नाच, हुड्के नाच, देउडा खेलाडिहरुलाई प्रमाणपत्र सहित सम्मान गरि विदाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array