वडा नं १ मा कृषि विकास तथा पशु सेवा केन्द्र स्थापना ।।

कालिकोट:
सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ मा कृषि विकास तथा पशु सेवा केन्द्रको उद्घाटन गरिएको छ । वडा नं १ र २ लाई लक्षित गरि यो केन्द्रको स्थापना गरिएको हो । शोमवार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष र उपाध्यक्षले केन्द्रको उद्घाटन गर्नु भएको हो ।

वडा नं १ का वडा अध्यक्ष वैकुण्ठराज गिरिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि रहनु भएको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष पार्वति शिह संज्याल रहनु भएको थियो । यस्तै अतिथिमा वडा नं २ का वडा अध्यक्ष वसन्त बुढा
लेखा अधिकृत परेक बहादुर बुढा निवर्तमान उपाध्यक्ष होइजा कुमारि बुढा वडा नं १ का निवर्तमान वडा अध्यक्ष भरत विक लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वडा नं २ का वडा अध्यक्षले वडा नं १ र २ लाई आलु पकेट क्षेत्र बनाउने गरेको वाचा अनुसार आज यो केन्द्रको उद्घाटन गरिएको बताउनु भयो । यो केन्द्र स्थापनाले यहाँका कृषकहरुको अवस्था नै परिवर्तन हुने उपाध्यक्ष पार्वति शिंहले बताउनु भयो ।

पालिकावाट हुने सेवालाई थप सहज बनाउनका लागि अव वडा कार्यालयवाट नै सेवा प्रदान गर्ने गरि काम गरिरहेको बताउनु भयो । भौगोलिक रुपमा वडा नं १ र २ का नागरिकहरुलाई पालिका सम्म पुग्न समय धेरै लाग्ने भएको हुँदा वडा नं १ मै यो केन्द्र स्थापना गर्ने निर्णय गरि आज उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले बताउनु भयो । वडा नं १ र २ का नागरिकहरुले कृषि र पशु सम्बन्धि सेवा लिनका लागि पालिका सम्म धाउनु पर्ने वाध्यता अन्त्य भएको वताउनु भयो । अब वडा नं १ र २ का नागरिकलाई कृषि र पशु सेवाका सम्पुर्ण सेवा यसै केन्द्रवाट प्रदान गरिने केन्द्रमा कुनै पनि साधनको कमि हुन नदिने प्रतिबद्दता जनाउनु भएको छ ।

कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष वैकुण्ठराज गिरिले कृषकहरुको समस्या समाधान गर्नका लागि, कृषकहरुको जीवन स्तर उकास्नका लागि र कृषि क्षेत्रमा आत्मनिर्भर हुनका लागि यो कार्यालयको उद्घाटन गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array