कालिकोट :
सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसिले सान्नी त्रिवेणी गाउँपालिका विद्यालयको साथमा रहेको बताउनु भयो । विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा सहयोग गाउँपालिका तयार रहेको बताउनु भयो । शंकर मावि सेरिज्यूलाको वार्षिक उत्सव कार्यक्रममा शुभकामना दिदै यस्तो बताउनु भएको हो ।
यसै विद्यालयले उत्पादन गरेको व्यक्ति आज पालिकाको मुख्य जिम्मेवारिमा पुगेको र राजनितिक दलको पनि जिम्मेवारी पदमा पुग्न सफल भएको बताउनु भयो उहाँले चुनाव पछि प्रतेक नागरिकहरुको घरमा पुग्न नसकेको बताउदै पालिकाको काम र सर्ब सुलभ सेवा विस्तार गर्ने कुरामा जोड दिन व्यस्त रहेको बताउनु भयो ।
पालिकाका थुप्रै समस्याहरु थिय बिगतमा । उहाँले भन्नु भयो । योजनाको भुक्तानि लिन महिना भन्दा बढि समय पर्खनु पर्ने थियो । अब त्यो समस्या अन्त्य भएको छ । काम सम्पन्न भएको दिनमा नै भुक्तानि दिने प्रक्रिया अगाडि बढाएको अध्यक्ष केसिले बताउनु भयो ।
अवश्यकता र विद्यालयको माग अनुसार शिक्षा क्षेत्रमा बजेटको व्यवस्थापन गर्ने गाउँपालिका उपाध्यक्ष पार्वति शिंहले बताउनु भयो । हिजो आफु शिक्षा क्षेत्रको गुणस्तरका लागि माग गरिरहेको र अहिले आफै नेतृत्वमा पुगेको बताउनु भयो । गाउँपालिकाले शिक्षामा गुणस्तर ल्याउनका लागि र प्रभावकारि शिक्षा र शिक्षामा परिवर्तन ल्याउनका लागि लागिपरेको बताउनु भयो । निजामति कर्मचारि, राष्ट्रिय खेलाडि र दक्ष शक्ती उत्पादको शुभकामना दिनु भएको छ ।
विभिन्न समस्याहरु र चुनौतिहरु समाधान गर्दै यश विद्यालयले होनहार देशको जनशक्ति उत्पादन गरेको प्रति राप्रपाका सह महामन्त्रि धन बहादुर बुढाले खुसि ब्यक्त गर्नु भयो । उहाँले यश विद्यालयको उन्नति र प्रगतिको कामना गर्दै शिक्षामा गुणस्तर कायम गर्नका लागि आफ्नो तर्फ वाट हुने सबै सहयोग गर्न तयार रहेको बताउनु भयो ।
शंकर मावि सेरिज्यूलाको ५६ औँ वार्षिक उत्सव ।
सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको शंकर मावि सेरिज्यूलाले आफ्नो ५६ औँ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ मनाएको छ । २०२३ सालमा स्थापना भएको विद्यालय ५६ वर्ष पुगेको अवसरमा आज विद्यालयले भव्यताका साथ वार्षिक उत्सबनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर गिरिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मोहन वहादुर केसी विशिष्ट अतिथिमा उपाध्यक्ष पार्वति शिंह सज्याल, राप्रपाका केन्द्रीय सह महामन्त्रि धन बहादुर बुढा यस्तै अतिथिमा वडा नं १ का वडा अध्यक्ष वैकुण्ठ राज गिरि २ का बसन्त बुढा , लेखा अधिकृत परेक बहादुर बुढा, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि ,भुपु जनप्रतिनिधि ,शिक्षा प्रेमि ,अभिभावक, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।





