कालिकोट :
सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले वडा नं २ मा रहेको मष्टो सरस्वति माध्यामिक विद्यालयको अनुगमन गर्नु भएको छ । राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माणधिन ४ कोठे भवन र विद्यालयको शैक्षिक अवस्थाको अनुगमन गर्नु भएको हो ।
वडा नं २ का वडा अध्यक्ष वसन्त बुढा , वडा नं ६ का अध्यक्ष नहकुल संज्याल,लेखा अधिकृत परेक बहादुर बुढा, प्राविधिक रमेश जैशि, जिन्सि शाखा प्रमुख धिरेन्द्र धामि, शिक्षा समिति सदस्य मिठ्ठुदेवि बम विभिन्न राजनितिक दलका प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो । उपस्थित सवैले निर्माणधिन ४ कोठे भवनको काम छिटो सम्पन्न गर्न सुझाब दिएका छन ।
निर्माणाधिन अबस्थामा रहेको भवनको काम गुणस्तरीय रुपमा काम गर्न अध्यक्ष मोहन केसिले सुझाब दिनु भयो । विद्यालयको भौतिक संरचना निर्माणमा कुनै पनि लापर्वाहि नगरि आफ्नै घर सम्झेर भवन निर्माण सम्पन्न गर्न अध्यक्ष केसिले सुझाब दिनु भयो ।
विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकहरुलाई थप सक्रिय रुपपा लाग्न आग्रह गर्नु भयो । कक्षा कोठामा विद्यार्थिसँग कुरा गर्दै अध्यक्ष केसिले विद्यालयको ज्ञान सँगै सामाजिक संस्कार र व्यवहारिक ज्ञान सिकाईमा ध्यान दिन आग्रह गर्नु भयो । उहाँले विद्यालयको समस्या समाधान गर्नका लागि स्थानिय सरकार तयार रहेको बताउदै आफ्नो पढाईमा लगनशिल भएर लाग्न विद्यार्थिलाई सुझाब दिनु भयो ।
विद्यालयले स्थानिय स्रोत साधनको उपयोग गरि स्थानि स्तरमा पाईने लोपोन्मुख विभिन्न सामाग्रि तयार गरेको छ । स्थानियलाई चाहिने हरेक सामाग्रि तयार गरि कक्षा कोठामा टासिएको छ । यस्ले लोपोन्मुख अबस्थामा रहेका सामाग्रिको पहिचान हुने विद्यालयले जनाएको छ ।





