माओवादी केन्द्र सान्नी त्रिवेणी १ र २ को संयूक्त विस्तारित वैठक सम्पन्न ।।

कालिकोट :
नेकपा माओवादी केन्द्रले थालेको विकासका लागि पार्टी सुदृढिकरण अभियान अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ र २ को संयूक्त विस्तारित वैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रले देशभरि नै विकासका लागि २ महिने पार्टि सुदृढिकरण अभियान संचालन गरेको छ ।
यसै अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिले पनि वडा वडामा पुगेर अभियान गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार आज वडा नं १ र २ को संयूक्त विस्तारित वैठक बसेको हो ।
देशको बदलिँदो राजनितीमा नेकपा माओवादी केन्द्र कसरी प्रश्तुत हुने, देशको समस्यालाई समाधान गर्नका लागि पार्टी कसरी अगाडि बढ्ने लगायतका विषयमा छलफल भएको बताईएको छ ।
वडा नं २ का वडा कमिटि अध्यक्ष केहेरे दर्जिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय वैकल्पिक सदस्य मन बहादुर शिंह रहनु भएको थियो भने अतिथिमा प्रदेस कमिटी सदस्य तथा गाउँ कमिटि इन्चार्ज मिठ्ठु बम शाहि ( सैलजा) सह इन्चार्ज भरत विक, प्रदेस सल्लाहकार समिति सदस्य धर्मराज शाहि, पगाउँ कमिटी अध्यक्ष मोहन बहादुर केसी(महेस) प्रदेस कमिटि वैकल्पिक सदस्य नहकुल संज्याल लगायतका नेता कार्यकर्ता विभिन्न संघ संघठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
२ महिना भित्र प्रतेक जनताको घर दैलोमा पुग्ने गाउँ कमिटि अध्यक्ष महेस केसिले बताउनु भयो । २ वटा चरणमा घर घरमा पुग्ने र तेस्रो चरणमा गरेका कामहरुको समीक्षा गरिने उहाँको भनाई छ ।
जनताहरु र पार्टीका विभिन्न संगठनमा भए गरेका कामहरु तथा समस्याहरुका समीक्षा गर्नका लागि यो अभियान संचालन गरिएको प्रदेस कमिटि सदस्य तथा गाउँ कमिटि ईन्चार्ज सैलजाले बताउनु भयो । पार्टीको एक घर एक संगठन भन्ने नारालाई पुन पूरा गर्ने बेला आएको बताउनु भयो ।
यो दुई महिना भित्र प्रतेक सदस्यको सदस्यता नविकरण गर्ने केन्द्रीय वैकल्पिक सदस्य मन बहादुर शिंहले बताउनु भयो । पार्टीमा देखिएको केही विवादलाई यी २ महिने अभियानमा समाधान गरि एक ढिक्का भएर अगाडि बढ्ने बताउनु भयो । माओवादी नेतृत्वको सरकारले देशको विकास र समृद्दिको यात्रा तय गरेपछि विकास विरोधिहरुले विभिन्न सड्यन्त्र गरि शान्ति सम्झौताको पालना गर्न नसकेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array