नेकपा एमालेले सान्नी त्रिवेणी गाउँपालिकामा पालिका सभा दल गठन गर्यो ।।

कालिकोट :
नेकपा एमालेले सान्नी त्रिवेणी गाउँपालिकामा पालिका सभा दल गठन गरेको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुकोसहभागिता रहने गरि पालिका सभादल गठन गरिएको हो ।

सान्नी त्रिवेणी गाउँपालिकाका नागरिकहरुको हक हितका लागि र जनपक्षिय रुपमा काम गर्नका लागि पालिका सभादल गठन गरिएको हो । गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संजयाल सभादलको प्रमुख तथा संयोजक रहनु भएको छ भने सचेतकमा सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष बैकुण्ठराज गिरी रहनु भएको छ ।

नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको जनपक्षिय रुपमा काम गराउनका लागि पार्टीको विधान धारा ७४ अनुसार पालिका सभादल गठन गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती शिंह संज्यालले बताउनु भयो । वडा नं. ४ का वडा सदस्य तथा वयबृद्ध भुवाने वोहोराको अध्यक्षतमा वसेको बैठकमा गाउँपालिका उपाध्यक्ष पार्वती शिंह संजयाल, जिल्ला कमिटि उपसभिव व्यासी तिरुवा पालिका ईन्चार्ज मात्रिका उपाध्याय लगायतका नेता कार्यकर्ताहरुको उपस्थितीमा पालिका सभादल गठन गरिएको हो ।

नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले यहाँका नागरिकहरुको आवश्यकता पहिचान गरि उनिहरुको गुनासोलाई समेटेर काम गर्न सुझाव दिएका छन । सान्नी त्रिवेणी गाउँपालिकामा नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनपक्षीय काम गर्न निर्देशन दिइएको छ । जनताको साझा एजेण्डामा कुनै पार्टी सिद्धान्तले नछेक्ने र जनताको हितविपरीत कुनै कार्य हुन्छ भने सत्ता भित्रको प्रतिपक्ष तयार बन्न सभा दल गठन गरिएको उपाध्यक्ष पार्वती शिंहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array