नेकपा माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिको पार्टी सुदृढिकरण अभियान जारी ।।

कालिकोट:
नेकपा माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिले जनतासँगको भेटघाट बाक्लो बनाएको छ । माओवादी केन्द्रले २ महिने पार्टी सुदृढिकरण अभियान संचालन गरेसँगै सान्नी त्रिवेणी गाउँ कमिटिले पनि यहाँका प्रतेक वडामा पुगेर नागरिकहरुसँग भेटघाट गर्न थालेको हो । प्रतेक वडा वडामा पुगेर वडा कमिटिका पदाधिकारीसँग छलफल गरि नागरिकहरुको गुनासो सुन्ने गरेको र आफुहरुले गरेको काम जानकारी गराउने गरिएको माओवादी केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिले जनाएको छ ।

चुनावको वेला मात्र नेता तथा पार्टीका मान्छे गाउँमा आउने अन्य समयमा कहिल्यै फर्केर नआउने भन्ने आम नागरिकहरुको गुनासोलाई सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्ता देखि निर्वाचित जनप्रतिनिधि गाउँ गाउँमा पुगेको गाउँ कमिटि ईन्चार्ज तथा प्रदेस कमिटि सदस्य मिठ्ठुदेवि बम शाही ( सैलजा)ले जानकारी दिनु भयो ।

 

माओवादी केन्द्र चुनाव जितेपनि हारेपनि जनताको साथमा रहने बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्या के छन , पार्टी प्रति नागरिकहरुको बुझाई छ , सल्ला सुझाव के छन भन्ने विषयमा जानकारी लिने लिने गरेको शाहीले बताउनु भयो । उहाँले माओवादी केन्द्रले जितेका वडा र पालिकामा जनताको हक हित र उनिहरुको आवश्यकतालाई मध्यनजर गरि काम गर्ने निर्वाचित जनप्रतिनिधिलाई सुझाव दिने गरेको बताउनु भयो ।

निर्वाचित जनप्रतिनिधिले नागरिकहरुको गुनासो सुनेर उनिहरुको माग र आवश्यकताको आधारमा जनताको हित हुने गरि काम गर्ने गाउँ कमिटि अध्यक्ष तथा गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी( महेश) ले बताउनु भयो । उहाँले पार्टीको निर्देशन सँगै नागरिकहरुको आवश्यकताहरुलाई ध्यानमा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले चुनावको बेला व्यक्ती मात्र नभएर पार्टीको हिसावले पनि जनताले भोट हालेको बताउदै त्यो भोटको सदुपयोग गर्नका लागि पनि नागरिकहरुको गुनासो सुन्न गाउँ गाउँमा पुगेको केसीले बताउनु भयो ।

सान्नी त्रिवेणी गाउँपालिकाका ९ वटै वडामा पुगेर त्यहाँका नागरिकहरुको गुनासोलाई पालिकामा समिक्षा गरिने केन्द्रीय वैकल्पीक सदस्य मन बहादुर शिंहले बताउनु भयो । पालिकामा हुने समिक्षामा स्थानिय तहका जनप्रतिनिधिले के गर्ने, पार्टीले के गर्ने भन्ने विषयमा ठूलो समिक्षा गरि नागरिकहरुको समस्या समाधान गर्न तर्फ लाग्ने शिंहको भनाई छ । विभिन्न वडामा भएको कार्यक्रममा स्थानियले आफ्नो विभिन्न मागहरु राखेका छन ।

सान्नी त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रवाट गाउँपालिदका अध्यक्ष जितेर पनि आफ्ना मागहरुपुरा हुन नसकेमा अन्यवाट आफ्ना आवश्यकता पुर्ती हुनेमा आशा नै लिन नसकिने स्थानियले बताएका छन । पाँच वर्षको कार्यकालमा सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि पार्टीगत नभनि आवश्यकताको आधारमा योजना वनाई काम गर्न समेत आग्रह गरेका छन । माओवादी केन्द्र पार्टीले पनि समय समयमा गाउँमा आएर जनताहरुसँग भेटघाट गर्ने र उनिहरुको समस्या सुन्ने समाधानका लागि विभिन्न निकायसँग समन्वय गर्ने काम गरिदिन आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array