हिलाम्मे सडकलाई सुख्खा राख्न ढुंगा विछ्यायर खडेन्ची ।।

कालिकोट:
सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ५ ले सडकको स्तरउन्नतीमा विशेष ध्यान दिएको छ । आर्थिक वर्षको वजेटमा वडामा निर्माण भएको रिङ रोडको स्तरउन्नतीमा विशेष ध्यान दिएको हो । प्रधानमन्त्रि रोजगार कार्यक्रम देखि अन्य वडाको विकासे वजेट पनि सडक स्तरउन्नतीमा लगाएको छ । अन्य वडाले वाटो घाटो निर्माण, खानेपानि अगायतका क्षेत्रमा काम गरेपनि वडा नं. ५ ले भने सडकको काममा प्राथमिकता दिएको हो ।

बर्खा याममा पानी पर्दा हिलाम्मे हुने सडकहरुमा वडा नं. ५ ले ढुंगा विछ्याएर खडेन्ची गर्न थालेको छ । वर्खाको समयमा सडकलाई हिलाम्मे हुनवाट रोक्नका लागि र नियमित रुपमा सवारी साधन संचालन गर्नका लागि वडाले सडकमा ढुंगा विछ्यायर खडेन्ची हाल्ने कामलाई प्राथमिकता दिएको वडा अध्यक्ष रामराज बमले बताउनु भयो ।

विगतका वर्षहरुमा वर्खाको सयममा पानी परेर सडक हिलाम्मे भएको हामीले देखेका छौँ । वडा अध्यक्ष बमले भन्नुभयो, आफु वडा अध्यक्षमा निर्वाचित भएपछि हिलाम्मे सडकलाई सुख्खा राख्ने पहल गरेको छु । वडाको चारै तिर
निर्माण भएको रिङ रोडमा ढुंगाको खडेन्ची हाल्ने काम गरेको छु । यसले गर्दा वर्खायाममा सडह हिलाम्मे हुने वाध्यता कम हुनेछ ।
नियमित रुपमा सवारी साधन चल्न पाउने गरि सडह निर्माण गरेको बमको भनाई छ । खाल्डा खुल्डी भएको सडकमा खडेन्ची हालेपछि सडक पनि चिटिक्क देखिएको छ ।

यसले गर्दा वर्खाको समयमा सडह हिलाम्मे हुनवाट जोगिनुका साथै निमित रुपमा सवारी साधन पनि चल्ने भएका छन ।
यो आर्थिक वर्षमा वजेटले भ्यायको मुख्य मुख्य ठाउँमा गरि ८ सय मिटर भन्दा बढि खडेन्ची हालेको र अर्को आर्थिक वर्षमा पुरै सडकमा खडेन्ची हाल्ने बमले बताउनु भयो । उहाँले प्रदेश र संघिय सरकारसँग पनि वजेटको माग गरेको र वजेटको व्यवस्थापन गरेर नाला सहितको सडक निर्माण गरिने बताउनु भयो ।
विगतमा वर्खाको समयमा सडक हिलाम्मे हुदा पालिका सम्म आउने यातायातका साधन विच वाटोमै रोकिने गरेका थिए । यसमा सान्नी त्रिवेणी गाउँपालिकाले पनि सहयोग गरेको छ । सान्तीघाट देखि पालिका सम्म कतिपय ठाउँमा पालिकाले पनि वजेटको व्यवस्थापन गरेर सडकमा ढुंगा विछ्याएर खडेन्ची हाल्ने काम गरेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array