कालिकोट :
व्यवसायिक तरकारि खेति सम्वन्धि 7 दिने तालिम आज सम्पन्न भएको छ । नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक सहयोग सान्नी त्रिवेणी गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा संचालन भएको ७ दिने तालिम आज समापन गरिएको छ ।
समापन कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिका उपाध्यक्ष पार्वति शिहले कृषि पेशाले आफु सँगै समाजलाई पनि आत्मनिर्भर बनाउन आग्रह गर्नु भयो । तालिममा सिकेको सिपलाई आफ्नो वाँझो जमिनमा प्रयोग गरि कृषि पेशालाई व्यवसायिक बनाउन सुझाब दिनु भयो । यो ७ दिने तालिममा सिकेको ज्ञानलाई प्रयोग गरि परनिर्भर नबनि आत्मनिर्भर बन्ने गरि व्यवहारमा उतार्न गाउँपालिका अध्यक्ष मोहन वहादुर केसिले आग्रह गर्नु भयो । नेपाल कृषि प्रधान देश भएपनि आत्मनिर्भर बन्न नसकेको बताउदै अव कृषि पेशालाई आत्मनिर्भर बन्ने गरि लगानि गर्नु पर्ने बताउनु भयो । तालिम सिक्नका लागि जिल्ला बाहिर जानुपर्छ तर पालिकाले गाउँमै तालिमको व्यवस्था गरेको छ यो तालिमको उपयोग गरि कृषि पेशालाई व्यवसायिक बनाउन समेत आग्रह गर्नु भयो । कार्यक्रमको समापन गर्दै वडा नं ८ का वडा अध्यक्ष नौलाशिह बुढाले यो तालिम वाट सिकेका कुरालाई व्यवहारमा उतारि नमुना कृषि व्यवसाय संचालन गर्न आग्रह गर्नु भयो ।
वडा नं ८ का वडा अध्यक्ष नौलाशिह वुढाको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिमा अध्यक्ष मोहन बहादुर केसि, विशेष अतिथि उपाध्यक्ष पार्वति शिह संज्याल अतिथिमा प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहि, वडा नं ५ का वडा अध्यक्ष रामराज बम, ९ का अध्यक्ष नरपति तिरुवा कृषि शाखाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
तामिममा उपस्थितहरुलाई प्रविधि सामान पनि वितरण गरिएको छ । तालिममा सहभागी ३२ जनालाई एक एक वटा प्लाष्टिक टर्नेल बीउ र हजारि वितरण गरिएको उद्योग शाखाका प्रमुख पंख बहादुर वटालाले जानकारि दिनज भयो ।





