कालिकोट :
सान्नी त्रिवेणी गाउँपालिकामा रहेका जनयूद्द जन आन्दोलन र प्रदेश प्राप्तिका लागि सहिद तथा बेपत्ता हुनुहुने परिवार तथा आफन्तजनलाई सम्मान गरिएको छ । सान्नी त्रिवेणी गाउँपालिकले १० वर्ष जनयूद्द र १९ दिने आन्दोलनमा आफ्नो ज्यानको वलिदानि दिने सहिद बेपत्ता भएका परिवारलाई सान्नी त्रिवेणी गाउँपालिकाले सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै वडा नं ४ का वडा अध्यक्ष देवनाथ योगिले देसमा संघिय गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको वलिदानि दिने सहिदहरुको सम्झनामा र उनिहरुको परिवारसँग भेटघाट गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । स्थानिय सरकारले सहिद परिवारलाई भेटेन भनेर आएको गुनासोलाई सम्बोधन गर्दै उहाँले प्रतेक व्यक्तिको घर घरमा गएर भेट्न नसकेपनि आज संयूक्त रुपमा भेटघाटको वातावरण बनेको बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै उपाध्यक्ष पार्वति शिंह संज्यालले विभिन्न जन आन्दोलनमा आफ्नो ज्यानको आहुति दिएर आज यो व्यवस्था ल्याएको र त्यहि व्यवस्थाको सरकार संचालनमा आज आफुहरु पुगेको बताउनु भयो । उहाँले सहिद वेपत्ता परिवारलाई अब आय आर्जनका तालिम दिएर आत्मनिर्भर बनाउने गरि स्थानिय सरकार लागिपरेको बताउनु भयो । उहाँले सहिद वेपत्ता भएका परिवारको घाउमा मलम लगाउनका लागि आयआर्जन विभिन्न सीप विकास तालिमका लागि पालिकाले नीति नियम बनाएर अगाडि बढ्ने बताउनु भयो ।
१७ वर्षपछि राष्ट्रले सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरेपछि त्यसै अनुरुप गाउँपालिकाले पनि सहिदपरिवारलाई सम्मान गरेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले बताउनु भयो । हजारौ नेपाली जनताका छोराछोरि मारेर के ल्यायौ भन्ने प्रश्नमा उहाँले देशमा नयाँ व्यवस्था ल्याएको र नयाँ व्यवस्थाले आज थुप्रै परिवर्तन आएको बताउनु भयो । उहाँले यो व्यवस्था आउनका लागि र थुप्रै परिवर्तन ल्याउने कुरामा सहिदहरुको ठुलो देन रहेको बताउनु भयो । उहाँले अब रोजगारि, आयआर्जन , विभिन्न सामाजिक क्रियाकलाप र नेतृत्वमा सहिद परिवारको सहभागिता हुने नीति नियम बनाउने प्रतिबद्दता जनाउनु भएको छ ।
सहिदहरुका अधुरा सपना पूरा हुनेमा ढुक्क रहन समेत आग्रह गर्नु भयो । सहिदहरुको अपमान गर्ने र सहिदहरुलाई दिने सेवा सुविधाका विरुद्द केही समुहले विरोध जनाएपनि त्यो कुनै पनि हालतमा लागू हुन नसक्ने र सहिदहरुको सपना पूरा भएरै छाड्ने बताउनु भयो । गाउँपालिकाले पालिकाका ५३ जना सहिद वेपत्ता परिवारलाई प्रमाण पत्र सहित कासको लोटा दिएर सम्मान गरेको छ । स्थानिय सरकारले सहिदहरुको सम्झना गरेर आफुहरुलाई सम्झेको प्रति सहिद वेपत्ता परिवारले धन्यवाद व्यक्त गरेका छन ।
पालिकाले सहिद परिवारलाई जुनसुकै सामाजिक कार्यमा सहभागिता गराउनु पर्ने र सहिद वेपत्ता परिवारका छोराछोरिलाई रोजगारिको व्यवस्था गर्नु पर्ने उनिहरुले माग गरेका छन । आफुहरुलाई पैसा दिएर राज्यले पन्छाउन खोजेको बताउदै पैशाले सहिद परिवारको घाउमा मलम लगाउन नसकिने भन्दै आफुहरुलाई विभिन्न स्थानमा सहभागिता र प्रतिनिधित्व गराउनु पर्ने बताएका छन ।
सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकिय अधिकृत वडा नं ४ र ६ का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सुचना अधिकारि रामप्रसाद संज्यालले गर्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य वडा नं ६ का वडा अध्यक्ष नहकुल संज्यालले राख्नु भयको थियो ।





