कालिकोट :
सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ मा रहेको डाँफे मावि मुम्रामा मन्टेश्वरी माध्यमवाट पठन पाठन संचालन हुने भएको छ । गाउँपालिकामा पहिलो पटक डाँफे मावि मुम्राले विद्यार्थिहरुको भविस्य निर्माणका लागि मन्टेश्वरी व्यवस्था लागु गरेको हो । सामुदायिक विद्यालयमा मन्टेश्वरी माध्यमवाट पठन पाठन संचालन गर्ने डाँफे मावि पहिलो विद्यालय बनेको छ ।
गुणस्तरीय शिक्षा लागु गर्नका लागि शिक्षामा आमुल परिवर्तन ल्याउनका लागि आधारभुत तहमा नै विद्यार्थिको सिकाईमा परिवर्तन ल्याउनका लागि डाँफे मावि मुम्राले मन्टेश्वरी संचालन गरेको हो । मन्टेश्वरी संचालनका लागि विद्यालयले आज एक जना शिक्षीकालाई नियूक्त समेत गरेको छ । डाँफे मावि मुम्रामा
हिरामणी सिम्खाडा प्रधानाध्यापक रहेको समयमै मन्टेश्वरी संचालन गर्ने निर्णय गरेको र शिक्षीका माग गरेको अहिले आएर उक्त निर्णय कार्यान्वयन भएको निमित्त प्रधानाध्यापक कर्मराज सिम्खाडाले जानकारी दिनुभयो ।
मन्टेश्वरी संचालन गर्ने सँगै विद्यालयमा अग्रेंजि माध्यमवाट पठन पाठन गराउने लक्ष्य रहेको उहाँले बताउनु भयो । मन्टेश्वरीमा अध्ययन गराउनका लागि विभिन्न शैक्षिक सामाग्री उपलब्ध गराउने र शिक्षामा थप परिवर्तन ल्याइ सुधार गर्ने बताउनु भयो । यो कार्य संचालनका लागि शिक्षा शाखा प्रमुखले ठूलो भुमिका निर्वाह गरेको सिम्खाडाले बताउनु भयो ।
यसरी नै पालिकाका सामुदायिक विद्यालयले मन्टेश्वरी संचालन गर्न सकेमा शिक्षामा ठूलो सुधार आउने शिक्षा शाखा प्रमुख मोहनविर धामीले बताउनु भयो । उहाँले मन्टेश्वरी संचालन र अग्रेंजि मानध्यमवाट पठन पाठन गर्नका लागि पालिकाले जुनसुकै सहयोग गर्न पनि तयार रहेको र यसका लागि विद्यालयले तयारी थाल्नु पर्ने बताउनु भएको छ ।





