कालिकोट ः
सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ४ उजेलगाउँका दिल वहादुर शाहीलाई धारीलो हतियार (चक्कु) प्रहार भएको छ । हिजो साँझ पालिका नजिकै केटाहरुविच विवाद हुँदा शाहीमाथि धारीलो हतियार (चक्कु) प्रहार भएको हो ।
पंचदेवल माविको विद्यालय व्यवस्थापन समितिको मतदान सम्पन्न भई मतगणना भईरहेको वेला वाहिर केटाहरु विच एक आपसमा झगडा हुँदा शाही माथि चक्कु प्रहार भएको हो । रास्कोट नगरपालिका वडा नं. १ निवासी रत्नमान शाहीको छोरा कपील शाहीको ग्रुपले अपांगता भएका व्यक्ती शाहीलाई चक्कु हानेका हुन ।
चक्कु प्रहारवाट शाही गम्भीर घाईते भएका छन । उनको थप उपचारको जिल्ला अस्पताल मान्म लगिएको आफन्तले बताएका छन । धारीलो हतियार प्रयोग गरि शाहीलाई घाईते वनाउने समुहलाई पक्राउ गरि कानुनी कार्वाही गर्न आफन्तले माग गरेका छन ।





