धान दिवसको अवसरमा ६ जना कृषक सम्मानित ।।

कालिकोट ः
सान्नी त्रिवेणी गाउँपालिकाले पनि आज राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ भन्ने मुल नाराका साथ आज गाउँपालिकाले वडा नं. ९ मुम्रामा धान दिवस मनाएको हो । धान दिवसको अवसरमा ६ जना किसानलाई सम्मान गरिएको छ ।
कृषी खेतिमा राम्रो योगदान गर्नुभएका सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ७, ८ र ९ का ६ जना कृषकहरुलाई जनहि १ हजारका दरले नगद रुपैयाँ दिएर सम्मान गरिएको हो । सम्मानित हुनेमा दिप बहादुर बुढा, प्याउरा केशि, दयाराम लुवार, मिम केशि, अमनाथ धमाला र बसन्त लवार रहेका छन ।
पुरस्कार वापत दिइएको पैशा थोरै भएपनि कृषकहरुलाई थप हौषला प्रदान गर्ने अध्यक्ष केसीले बताउनु भयो । साथै धान दिवसको अवसरमा हिले दौडको प्रतियोगिता समेत गरिएको थियो । दौड प्रतियोगिताा जनप्रतिनिधि कर्मचारी कृषकहरु विच प्रतिष्पर्धा गराइएको हो ।
कृषिप्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारण सरकारले असारमा १५ राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै आएको र त्यसै अनुसार सान्नी त्रिवेणी गाउँपालिकाले पनि आज धान दिवस मनाएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो ।
सान्नी त्रिवेणी गाउँपालिकाका अधिकांस नागरिकहरु धान खेति गरिरहेका छन । धान खेति गरेपनि वर्ष दिन सम्म खान नुपुग्ने अवस्था कृषकको छ । धानको उत्पादन बढाउनका लागि र आधनिकिकरण अनि व्यवसायिकरण गर्नका लागि यो दिवस मनाउदै आएको र दिवसले एउटा सन्देश मात्र दिने केशीले बताउनु भयो ।
उहाँले धान खेतिलाई थप विस्तार गर्नका लागि गाउँपालिकाले सिचाईको अपुग भएको ठाउँमा सिचाईको सुविधा पुगाउने बताउनु भएको छ । प्रतेक किसानले धान खेति गरिरहेको भएपनि वाहिर वाट चामल ल्याएर भात खानु पर्ने अवस्था ताजै रहेको वेला उहाँले स्थानिय वालीलाई प्रवद्धन गर्नका लागि पुरानो धान वाली लगाउन समेत आग्रह गर्नुभयो । यति वेला किसानहरुलाई धान रोप्न भ्याई नभ्याई छ ।
धान दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाइन्छ । धान दिवस कार्यक्रममा जनप्रतिनिधि कर्मचारी स्थानिय लगायतको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array